ढोरपाटन नगरपालिका–५ का स्वर्गीय अशोक खत्रीको परिवारलाई ढोरपाटन समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ।
गत साउन २६ गते रोजगारीको सिलसिलामा बागलुङको काठेखोला गाउँपालिका–३, धम्जामा काम गर्ने क्रममा साथीको चक्कु प्रहारबाट खत्रीको ज्यान गएको थियो। मृतक खत्रीको घरमा गर्भवती श्रीमतीसहित तीन छोरा रहेका छन्। परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै दुःखमा केही राहत पु¥याउने उद्देश्यले ढोरपाटन समाज दक्षिण कोरियाले ७ लाख ९० हजार कोरियन वन संकलन गरेको हो।
दक्षिण् कोरीयामा रोजगारीका निमती रहनु भएका हेविन्द्र खड्का, रुद्ध कायत, निर्मल पुन, अशोक अदै मगर, युनिक मगर र कमल कुवँरको सक्रियतामा संकलन गरिएको राहात रकम उत्तरगंगा माध्यमिक विद्यालयका शिक्षक निम बहादुर जि.सी. लाई संस्थाले पठाएको थियो । प्राप्त भएको उक्त रकम स्वर्गिय खत्रीका श्रीमती र उक्त परिवारलाई आर्थिक संकट रहेको अवस्थामा आर्थिक सहयोग अभियान जुटाउन सक्रिय भुमिका खेल्नुभएका भुवन पौडेलको उपश्थितीमा हस्तान्त्रण गरिएको थियो ।
संकलित रकम नेपाली ८७ हजार ७०२ रुपैयाँ बराबर रहेको जनाइएको छ। सामुदायिक रेडियो ढोरपाटनको रोहवरमा उक्त रकम मृतक खत्रीकी श्रीमती दिलमाया खत्रीलाई हस्तान्तरण गरिएको हो। ढोरपाटन समाज दक्षिण कोरियाले विभिनन समयमा सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ ।

सहयोग हस्तान्त्रण कार्यक्रममा बोल्दै निम बहादुर जिसीले ढोरपाटन समाज दक्षिण कोरियाले गरेको यो महत्वपूर्ण सहयोगले पिडित परिवारमा चुलहो बल्न सहयोग पुग्ने अपेक्षा गर्नुभयो । त्यस्तै सहयोग अभियानमा सक्रिय भुमिका निर्वाह गर्ने भुवन पौडेलले बोल्दै यस्तो पिडाको समयमा बालबच्चाको पठन पाठन, लालन पालनमा निकै समस्या रहेका कारण सबैको साथ आवस्यक रहेको बताउँदै सहयोगी संस्थालाई धन्यबाद ज्ञापन समेत गर्नुभयो ।

















