बाढीपीडितका लागि व्यापारी व्यवसायी संघ निसीखोलाद्वारा ३५ हजार ५५५ रुपैयाँ सहयोग

निसीखोला, बागलुङ । भोटेकोसीमा आएको बाढीबाट प्रभावित पीडितका लागि निसीखोला गाउँपालिकामा रहेको व्यापारी व्यवसायी संघले ३५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा संस्थाको तर्फबाट उक्त रकम जम्मा गरेको संघका अध्यक्ष चेतराम पौडेलले जानकारी दिनुभयो।

विपद्का बेला पीडितलाई सहयोग गर्ने उद्देश्यले राहत रकम उपलब्ध गराइएको अध्यक्ष पौडेलले बताउनुभयो। संघले निसीखोला गाउँपालिकामा व्यवसायीको हकहित संरक्षणसँगै व्यवसाय विस्तार, व्यावसायिक सचेतना अभिवृद्धि तथा विभिन्न सहयोगमूलक सामाजिक कार्य गर्दै आएको छ।

संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img