बुर्तिबाङमा ३ वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै र्‍याली र दीप प्रज्वलन

बुर्तिबाङ (बागलुङ): ३ वर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि आइतबार बुर्तिबाङ बजारमा विशाल विरोध र्याली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

 

पीडित पक्षले न्याय पाउनुपर्ने, समाजमा छोरी-चेलीको सुरक्षाको अनुभूति हुनुपर्ने र यस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै बुर्तिबाङवासी सडकमा उत्रिएका हुन्। बुर्तिबाङ बसपार्कबाट सुरु भएको विरोध र्यालीले बजारका विभिन्न भाग परिक्रमा गरेको थियो। त्यसपछि न्यु रोड पुगेर आयोजित कोणसभाका बीच दिवङ्गत बालिका गरिमाको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन तथा एक मिनेट मौन धारण गरिएको थियो।

 

लायन्स क्लब अफ बुर्तिबाङ र बुर्तिबाङ राइजिङ युवा क्लबको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न स्थानीय संघ-संस्थाका प्रतिनिधि, नागरिक समाज, महिला तथा बालबालिकाहरूको बाक्लो र सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले देशमा बढ्दै गएका हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै दोषीलाई उम्किन नदिन र कडा कानुनी सजाय दिलाउन जोडदार माग गरेका छन्।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img