ढोरपाटन क्षेत्रको वृहत्तर हित तथा दिगो विकासका लागि आयोजित परियोजना संवाद कार्यक्रम शुक्रबार बुर्तिबाङमा सम्पन्न भएको छ।
बि.वाई.सी.द्वारा आयोजित कार्यक्रममा ढोरपाटन क्षेत्रका विद्यमान चुनौती, जलवायु परिवर्तन, दिगो पर्यटन प्रवर्द्धन, उद्यमशीलता तथा स्थानीय उत्पादनको प्रवर्द्धनलगायतका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले समूहगत रूपमा क्षेत्रका समस्या तथा सम्भावनाको पहिचान गर्दै आगामी दिनमा परियोजना तथा विभिन्न कार्यक्रमलाई प्रभावकारी रूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सुझाव आदानप्रदान गरेका थिए।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, स्वास्थ्यकर्मी, आमा समूह, बाल क्लबका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। ढोरपाटन नगरपालिका–५ का वडा अध्यक्ष दिपेन्द्र घर्ती र वडा नं. ६ का वडा अध्यक्ष उमेश बुढा मगरको समेत उपस्थिति रहेको कार्यक्रममा ढोरपाटनमा थप पर्यटक भित्र्याउन स्थानीय उत्पादन तथा मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने विषयमा छलफल भएको थियो। यो परियोजनालाई TDH ले २०४२ देखि आर्थिक तथा प्रबिधिक रुपमा सहयोग गर्दै आएको छ l
त्यसैगरी, आगामी दिनमा ढोरपाटन क्षेत्रमा दिगो पर्यटन प्रवर्द्धनका लागि TDH संस्थाको आवश्यकता, छ कि छैन र किन छ भन्ने विषयमा छलफल भएको थियो । अहिलेसम्म संस्थाले पुर्याउँदै आएको योगदान तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा समेत समुहगत रुपमा छलफल भएको हो ।
कार्यक्रममा BYC का अनुगमन तथा मूल्याङ्कन अधिकृत विष्णु पौडेल, उद्यम विकास अधिकृत टेकबहादुर विक, सामाजिक परिचालन अधिकृत ओम विक लगायत सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
ढोरपाटन नगरपालिका–६ का वडा अध्यक्ष उमेश बुढा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण तथा अनुगमन तथा मूल्याङ्कनसम्बन्धी प्रस्तुति BYC का अनुगमन तथा मूल्याङ्कन अधिकृत विष्णु पौडेलले गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले ढोरपाटनको पर्यटन विकासलाई स्थानीय उत्पादन, उद्यमशीलता, वातावरण संरक्षण र स्थानीय समुदायको सहभागितासँग जोडेर अघि बढाउनुपर्नेमा समुहगत रुपमा भयको छलफल द्वारा निष्कर्ष निकालिएको थियो!

















