ढोरपाटनका युवा, महिला र बाल क्लबलाई क्षमता विकास तालिम सम्पन्न

बुर्तिबाङ, बागलुङ —

दिगो पर्यटन प्रवर्द्धन परियोजना अन्तर्गत ढोरपाटन क्षेत्रका स्थानीय समूह तथा क्लबहरूको संस्थागत सुदृढीकरणका लागि आयोजित दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।
​tdh जर्मनको सहयोग बिवाइसी बागलुङको विकास साझेदारीमा सञ्चालित उक्त कार्यक्रम संस्थाका अध्यक्ष टोयानाथ गौतमको अध्यक्षतामा बुर्तिबाङस्थित होटल स्नेहामा सम्पन्न भएको हो। सन् २०२६ जुलाई ३० र ३१ (साउन १४ र १५) गते आयोजित तालिममा ढोरपाटन क्षेत्रका युवा समूह, महिला समूह र बाल क्लबका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। स्थानीय समूहहरूलाई संस्थागत रूपमा सबल बनाउँदै दिगो पर्यटन, जैविक विविधता र वातावरण संरक्षणका गतिविधिमा उनीहरूको नेतृत्वदायी पहुँच बढाउने उद्देश्यका साथ यो तालिम सञ्चालन गरिएको हो।

​तालिममा मुख्य प्रशिक्षक कृष्ण कँडेलले सहभागीहरूलाई संस्थागत विकास, दिगो पर्यटन प्रवर्द्धन, कुशल समूह व्यवस्थापन, बैठक सञ्चालन, अभिलेखीकरण (डकुमेन्टेसन), कुशल नेतृत्व र वित्तीय साक्षरता (बचत तथा बजेट व्यवस्थापन) जस्ता व्यावहारिक विषयमा अभ्यास गराउनुभएको थियो।
​समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष टोयानाथ गौतमले ढोरपाटन क्षेत्रको प्राकृतिक सम्पदाको जगेर्ना गर्दै पर्यटकीय विकास गर्न स्थानीय नागरिक समुदाय, महिला, युवा र बालबालिकाहरूको भूमिका निर्णायक हुने बताउनुभयो। सो क्रममा उहाँले यस क्षेत्रको सामाजिक-आर्थिक रूपान्तरण र चेतना अभिवृद्धिमा गैरसरकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै बिवाइसी बागलुङले स्थानीय तह र समुदायसँग सहकार्य गरेर निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। उहाँले स्थानीय समूहहरू संस्थागत र आर्थिक रूपमा बलियो बनेमा मात्रै समृद्ध गाउँ-ठाउँको निर्माण सम्भव हुनेमा जोड दिनुभयो।

​कार्यक्रममा प्रवर्द्धक संस्था तथा परियोजनाका प्रतिनिधिहरूले तालिममा प्राप्त ज्ञानलाई आ-आफ्नो समूह र वडामा लागू गर्न आग्रह गर्नुभयो। तालिमपछि उत्साही बनेका सहभागी प्रतिनिधिहरूले आगामी दिनमा संस्थागत रूपमा सक्षम हुँदै स्थानीय स्तरमा फोहोर व्यवस्थापन, वन तथा वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, तालिमबाट सिकेका व्यावहारिक ज्ञानले समुह तथा संस्थागत समस्याहरू हल गर्न अझ सहज हुने उनीहरूको भनाइ थियो।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img