२०८२ मंसिर ५ बुर्तिबाङ ,
नेपाल वन पैदावार उद्योग व्यवसायी संघ क्षेत्र नं. २ ‘ख’ को प्रथम अधिवेशन उद्घाटन सत्रको कार्यक्रम शुक्रबार बुर्तिबाङमा सम्पन्न भएको छ ।
नेपाल वन पैदावार उद्योग व्यवसायी संघ बुर्तिबाङका अध्यक्ष गण बहादुर वि.क.को अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धनबहादुर कायत प्रमुख अतिथि रहेका थिए ।

उद्घाटन सत्रको कार्यक्रममा बोल्दै कार्यवाहक मेयर कायतले वन पैदावार क्षेत्र स्थानीय आर्थिक विकासको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रबाट देखापर्ने समस्यालाई नजिकबाट अध्ययन गर्दै समाधानका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उनले वन तथा फर्निचर उद्योगमा देखा परेका चुनौती, कच्चा पदार्थको उपलब्धता तथा बजार व्यवस्थापन सुधारमा संघको भूमिकालाई प्रशंसा गरेका थिए । कार्यक्रममा फर्निचर उद्योग व्यवसायी, स्थानीय निकायका प्रतिनिधि, तमानखोला गाउँपालिकाका वडा नम्वर चारका अध्यक्ष छप्रसाद श्रीपाली, तमानखोला गाउँपालिकाका वडा नम्वर दुइका अध्यक्ष नारायण सुनुवार, एसी कन्स्ट्रक्सन प्रालिका निर्देशक दिपक अदै, ढोरपाटन नगरपालिका–१ का वडा अध्यक्ष वानबहादुर छन्त्याल तथा सब–डिभिजन वन कार्यालय बुर्तिबाङका प्रतिनिधि नबिन राणालगायतको विशेष उपस्थिति रहको थियो ।

उपस्थित वक्ताहरूले वन पैदावार तथा उद्योग क्षेत्रलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउनेतर्फ संघले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
अधिवेशनले आगामी कार्ययोजना, सरोकारवालासँग समन्वय र उद्योग–व्यवसायको प्रवद्र्धनका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरेको आयोजकले जनाएको छ ।
हालै सम्पन्न अधिवेशनबाट मिलन विकको अध्यक्षतामा १३-सदस्यीय नवनिर्मित कार्यसमिति चयन गरिएको छ।










