छोरेगाँउमा जलवायु परिवर्तन विषयक नाटक प्रतियोगिता सम्पन्न ।।

शिशिर विश्वोकर्मा,

२०८२ मंसिर ५ बुर्तिबाङ,
दिगो पर्यटन प्रवद्र्धन परियोजना अन्तरगत जलवायु परिवर्तनको असर तथा अनुकूलन उपायहरू विषयक नाटक प्रतियोगिता श्री छोरेगाँउ माध्यमिक विद्यालयमा विहिबार सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजित यस कार्यक्रमले बालबालिकामा जलवायु संकटबारे सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएको छ ।
कार्यक्रमको आयोजना दिप ज्योति बाल क्लबले गरेको थियो भने बिवाइसी बागलुङले सहकार्य गरेको थियो ।

जलवायु परिवर्तनका असरहरू दिनानुदिन तीव्र बन्दै गएको वर्तमान समयमा विद्यालयस्तरमै जनसहभागिता र नाटकजस्ता सिर्जनात्मक माध्यम प्रयोग गरी सचेतना फैलाउन सकिने भएकाले कार्यक्रम प्रभावकारी रहेको बिवाइसी बागलुङका सामाजिक संयोजक ओम श्रीपालीले जानकारी दिनुभयो ।

बाल क्लबका अध्यक्ष प्रसान्त राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष यामकान्त गैरे, प्रधानाध्यापक तारा प्रसाद कदेललगायत स्थानीय अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतियोगितामा प्रस्तुत नाटकहरूले जलवायु परिवर्तनका कारण देखिएका स्थानीय प्रभाव, वातावरणीय अवनति, पानीको अभाव, कृषि क्षेत्रका चुनौती तथा समुदायस्तरमा अपनाउन सकिने अनुकूलन उपायहरूलाई प्रभावशाली रूपमा अभिव्यक्त गरेका थिए ।

नाटकसँगै कार्यक्रममा विविध खेलकुद तथा सांस्कृतिक प्रस्तुति पनि सामेल गरिएकाले वातावरणीय विषयप्रति विद्यार्थीहरूमा अझ बढी उत्साह देखिएको थियो ।

कार्यक्रम सम्झना सिर्पालीको सञ्चालनमा सम्पन्न भएको थियो ।ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img