कार्तिक २३ गते बुर्तिबाङ
बागलुङको ढोरपाटनमा कफि तथा वेकरी बनाउने १० दिने सिप विकास तालिम सम्पन्न भएको छ ।
यूएनडिपी र नेपाल पर्यटन बोर्डको आर्थिक तथा प्राविधिक सहयोग , ढोरपाटन नगरपालिकाको समोन्य र विवाइसी बागलुङको व्यवस्थापनमा सञ्चालित दिगो पर्यटन पर्वधन परियोजना मार्फत ढोरपाटन क्षेत्रमा रहेका यूवाहरुलाई लक्षित गर्दे कफि बनाउने र वेकरी बनाउने सम्बन्धी तालिम सम्पन्न भएको हो ।
यूवालाई उद्यम तथा रोजगार संग जोड्न महत्वपूर्ण कार्यक्रम गर्दे आएको परियोजनाले ढोरपाटन क्षेत्रको प्रर्यटन सम्भावनालाई लक्षित गर्दे सिप विकासमा जोड्दै आएको पाइएको छ । तालिममा स्थानीय ३८ जना महिला तथा यूवाले सिप आर्जन गर्दे व्यवसायीक रुपमा अगाडी बढ्ने लक्ष्य लिएका छन ।

बेकरी तालिम मार्फत वर्गक, ब्रेड लगाएत विभिन्न ३० प्रकारका आइटम बनाउन सक्ने भएका छन । त्यस्तै उत्कृष्ट क्यालिटीको कफि सहित विभिन्न ३० प्रकारका कफि आइटम बनाउन सक्ने क्षमताको विकास भएको प्रशिक्षार्थीले बताएका हुन ।
गत कार्तिक ११ गतेदेखि सुरु भएको तालिम २० गते सम्पन्न भएको हो । तालिमको समापन सत्र विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षता, ढोरपाटन नगरपालिका ९ का कार्यवाहक अध्यक्ष नरमती पुनको प्रमुख आतिथ्यता, विवाइसी बागलुङका सचिव विक्रम शर्मा, विवाइसी बागलुङका सदस्य प्रेम के.सी. लगाएतका आतिथ्यता रहेको कार्यक्रम दिगो पर्यटन पर्वधन परियोजनाका फोकल पर्शन विमल शर्माको सञ्चालनमा सम्पन्न भएको हो । नारायण लामाद्धारा तालिमको प्रशिक्षण दिइएको हो ।










