एजेन्सी, कात्तिक २० गते ।
नेपाली टोलीले श्रीलङ्कामा चलिरहेको काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपमा घरेलु टोलीलाई हराएको छ । नेपालले श्रीलङ्कालाई ३–१ ले हराएको थियो ।
नेपाल २५–१८, २६–२४, १९–२५, २५–२० ले विजयी भएको हो । नेपाल आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो । कीर्गिस्तान २२–२५, २५–१४, १८–२५, २५–२२, १५–९ विजयी भएको थियो ।

च्याम्पियनसिपमा ४ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ । कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।










