रक्तिम सांस्कृतिक अभियान बागलुङ जिल्ला प्रशिक्षण  २०८२ असोज २५–२९ गतेसम्म बुर्तिबाङ बजारमा जिल्ला अध्यक्ष सबिन अर्गेजाको अध्यक्षतामा केन्द्रिय अध्यक्ष गिरी प्रसाद बुढाको प्रमुख आतिथ्यमा उद्घाटन  गरि जिल्ला कोषाध्यक्ष रुनमाया थापाको स्वागत मन्तव्य र जिल्ला सचिव कुल बहादुर छन्त्यालको सञ्चालनमा प्रशिक्षण सम्पन्न गरि जिल्लाका विभिन्न पालिकाहरूमा “महान सर्वहारा सांस्कृतिक क्रान्ति –जिन्दावाद र प्रगतिशील तथा जनवादी आन्दोलन –जिन्दावाद“ भन्ने मूल नाराका साथ प्रगतिशील देउसी भैलो २०८२ बागलुङ  जिल्लाको बुर्तिबाङ बजारमा सम्पन्न भएको छ । 
राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरीश्वर पाण्डे ,जिल्ला कोषाध्यक्ष दीपक थापा ,अखिल नेपाल बुद्धिजीवी सङ्घ केन्द्रिय सदस्य धन बहादुर कुँवर ,रक्तिम सांस्कृतिक अभियान केन्द्रिय सचिव तथा जिल्ला अध्यक्ष  सहबिन अर्गेजा जिल्ला सचिव कुल बहादुर छन्त्याल ,ढोरपाटन नगर अध्यक्ष झक प्रसाद श्रेष्ठ को नेतृत्वमा २०८२ कात्तिक २–४ सम्म ढोरपाटन नगरपालिका –१ बुर्तिबाङ बजारको सिमसार देखि   देबचोक ,दरवार होटेल ,न्युरोड ,बैंक लाइन ,जनमोर्चा चोक, लाली गुराँसचोक , स्वामीबोट ,बसपार्क हुँदै हिमाली पोलिक्लिनिक आएर भैलो समापन गरि कात्तिक ५ गते कलाकारहरूलाई सम्मान गरेको छ।

निसीखोला गाउँपालिकाको २ टोलि मध्ये एक टोलि  राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष खिमबिक्रम शाही र रक्तिम सांस्कृतिक अभियान बागलुङ  जिल्ला सदस्य सबराज छन्त्यालको नेतृत्वमा कात्तिक ४–६ सम्म निसीखोला गाउँपालिका–१ झिम्पा,वडा नं ३र ४को झिवाखोला बजार र वडा नं २ बाहुन गाउँमा सम्पन्न अर्को टोली कात्तिक ३–८ सम्म राष्ट्रिय जनमोर्चा पुर्वी रुकुम जिल्ला समिति समन्वय गरि प्रगति बुढा ,राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला सदस्य थमन घर्ती ,निसीखोला गाउँ समिति सचीव लाल बहादुर सिंजाली ,अखिल नेपाल शिक्षक संघ केन्द्रिय सदस्य शत्रुधन श्रेष्ठ पूर्वी रुकुम जिल्ला सदस्य गणेश प्रकाश बुढा र अखिल नेपाल युवक संघ केन्द्रिय सदस्य भिषम  छन्त्यालको नेतृत्वमा पुठा उत्तरगंगा गाउँपालिका –५ हुकाम छुमडाँडा गर ,मैकोट मयाङ,बिर्गमखानी, तक बजार र भूमेगाउँपालिका–१ अति सुन्दर बस्ती लुगुम गाउँमा आइ समापन भयो भने रुकुम गएको टोली र निसीखोलाको टोली भेट भै बाहुनगाउँमा दुबै टोलीको कात्तिक १० गतेका दिन कलाकारहरूलाई सम्मान गरेको छ ।
कात्तिक ३–८ गते  नेकपा मसाल जिल्ला प्रवक्ता मेक बहादुर पाइजा, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोखरेल ,जिल्ला सदस्य बोम बहादुर थापा ,राजमो बडिगाड गाउँपालिका गाउँ समिति सचिव विमल श्रीस, रक्तिम सांस्कृतिक अभियान जिल्ला कोषाध्यक्ष रुनमाया थापा र बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वन  लगायतको नेतृत्वमा बडिगाड गाउँपालिका –८  रणसिंहकिटेनी नेटाखर्क,घोरघोरे, वडा नं ५  बारीगाउँ – खाल्चेपानी, जलजला ,वडा नं २ राक्से, खौलार बजार वडा नं –१  दगा, गराधारा र तुम्डांँडामा आएर देउसी भैलो समापन गरि कलाकारहरूलाई सम्मान गरेको छ ।

राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य बेदी लाल सापकोटा ,जिल्ला सदस्य नारायण सापकोटा ,पदमश्रेष्ठ , खड्क बि क ,जिल्ला सल्लाहकार टंक के सी  गल्कोट नगर सचिव  बीरबल श्रेष्ठ वडा नं –११ वडा  अध्यक्ष भक्तिराम पुन, अखिल नेपाल शिक्षक सङ्घ केन्द्रिय सदस्य पुष्कर सापकोटा ,शिक्षक  केन्द्रिय प्रतिनिधि टीकाराम कँडेल ,अखिल नेपाल किसान महासङ्घ नगर अध्यक्ष यम बहादुर  खड्का लगायतको नेतृत्वमा कात्तिक  ४–८ गल्कोट नगरपालिका– हरिचौर ,डाँडाखेत,गल्याङ, रिष्मी र सानो रिघा देउसी भैलो खेली कलाकारहरूलाई सम्मान गरेको छ ।
कात्तिक २–८ गते सम्म अखिल नेपाल जनजाति सम्मेलन केन्द्रिय कोषाध्यक्ष होम बहादुर पुन ,अखिल नेपाल युवक सङ्घ केन्द्रिय सचिव बिरेन्द्र थापा रक्तिम सांस्कृतिक अभियान जिल्ला सहसचिव झलक पुनको  नेतृत्वमा जैमिनी नगरपालिकाको कुस्मीसेरा, पर्वत जिल्लाको फलेबास बजार ,जैमिनी– ६ अर्जेवा, वडा नं ५ बिनामारे वडा नं –९  पंयु थन्थापमा देउसी भैलो समापन भएको छ ।
जनघाट,राष्ट्रघाटं, कुसंस्कार ,कुशासन ,बिकृती,बिसंगती,कुप्रथा, हत्या ,हिंसा ,बलात्कार ,कुरीति ,कुव्यवहार, घुसखोर,सुद्खोर, जातीय बिबेद, लैंगिक बिबेद, देशीय सामन्ती संस्कृती, चरम भ्रष्टाचार ,शरणार्थी काण्ड, विभिन्न समयमा भएको असमान सन्धि समझौता, संघीयता , विभिन्न प्रतिक्रियावाद र   साम्राज्यवाद  लगायतका विरुद्ध आफ्नो स्थापनाकालदेखि कठिन आरोप अवरोह बावजुद पनि निरन्तर देशको गाउँ बस्तीहरुमा, सहरका बस्तीहरूमा र बिदेशको गल्लीहरूमा आफ्नो गीत सँगीत नाचको माध्यम मार्फत जनता चेतना जगाउने काममा रक्तिम परिवारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
त्यसैले २०८२ तिहारको सुअवसरमा यश जिल्लाका विभिन्न पालिका लगायत देशका विभिन्न जिल्लाका पालिकाहरूमा समेत प्रगतिशील तथा जनवादी देउसी भैलो सम्पन्न गरेको छ ।











