जलवायु उत्थानशीलता सुदृढीकरणका लागि जनप्रतिनिधिलाई सचेतना ।।

२०८२ असार १४ गते बुर्तिबाङ
बागलुङको बुर्तिबाङमा गैरसरकारी संस्था महासङ्घ नेपाल, जिल्ला शाखा बागलुङको आयोजनामा गण्डकी जलधार जलवायु उत्थानशील आयोजनाको सहयोगमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरी जलवायु उत्थानशील कार्य सुदृढीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
गैरसरकारी संस्था महासङ्घ नेपाल, जिल्ला शाखा बागलुङको आयोजनामा ,राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य ,राष्ट्रिय सरकारवालाहरु सँगको सहकार्यममा ,हरित जलवायु कोषको सायतामा ,गण्डकी जलधार नेपालका सङ्कटासन्न समुदाय तथा पारिस्थितिकीय प्रणालीको जलवायु उत्थानशिलता सुधारको परियोजना अन्तर्रगतको गण्डकी जलाधारका स्थानीय गण्डकी जलधार  आयोजनाको सहयोगमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरी जलवायु उत्थानशील कार्य सुदृढीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा स्थानीय सरकारका वडाध्यक्ष, गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई जलवायु परिवर्तनका असरहरू, त्यसविरुद्धको स्थानीय तहको भूमिका, अनुकूलन रणनीति तथा दिगो विकासमा जलवायु सुदृढ कार्यहरूको आवश्यकताका विषयमा  तालिम दिइएको थियो ।
कार्यक्रममा बोल्दै महासङ्घका जिल्ला अध्यक्षले जलवायु परिवर्तनको असर पहाडी क्षेत्रमै बढी महसुस भइरहेको भन्दै स्थानीय तहले नीतिगत रूपमा पनि जलवायु अनुकूल योजना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। सहभागीहरूले प्रशिक्षणबाट जलवायु मुद्दाप्रति गहिरो समझ र भविष्यका रणनीति बनाउन सहयोग पुगेको प्रतिक्रिया दिएका थिए ।
स्थानीय जनप्रतिनिधिमा जलवायु परिवर्तनप्रतिको चेतना अभिवृद्धि गर्ने ,स्थानीय सरकारलाई जलवायु उत्थानशील नीति तथा कार्यक्रम निर्माणमा सक्षम बनाउने , विकास योजना तथा पूर्वाधारमा जलवायु अनुकूलन समावेश गराउन प्रोत्साहन कसरी गर्न सकिन्छ, स्थानीय स्तरमा वातावरण संरक्षण र दिगो विकासमा नेतृत्वदायी भूमिका विकास ,जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि समुदायस्तरीय पहल सुदृढ लगायतका विषयमा गैरसरकारी संस्था महासङ्घ जिल्ला शाखा बागलुङका उपाध्यक्ष मणिभद्र शर्माले प्रशिक्षण दिनुभएको हो ।
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वातावरण संरक्षणमा स्थानीय तहको भूमिका सुदृढ बनाउने उद्देश्यले  ढोरपाटन नगरपालिकाका  लगायत बागलुङका १० वटै पालिकाका स्थानीय जनप्रतिनिधिहरूलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम गरिएको गैरसरकारी संस्था महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमको मुख्य उद्देश्य स्थानीय सरकारका प्रतिनिधिहरूमा जलवायु परिवर्तनप्रतिको चेतना अभिवृद्धि गर्नु, जलवायु अनुकूल नीति निर्माणमा उनीहरूलाई सक्षम बनाउनु, र विकास योजनामा दिगो वातावरणीय दृष्टिकोण समावेश गराउनु रहेको आयोजकले जनाएका छन् ।
कार्यक्रमपछि सार्वजनिक निष्कर्षहरूमा जनप्रतिनिधिहरूमा चेतना अभिवृद्धि भए पनि व्यवहारमा त्यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ। साथै, दीगो विकासमा जलवायु अनुकूल योजना आवश्यक भएको धारणा प्रस्टिएको छ ।
कार्यक्रम गैरसरकारी संस्था महासङ्घ नेपाल, जिल्ला शाखा बागलुङको सञ्चालनमा सम्पन्न भएको थियो ।


 

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img