२०८२ असार ११ गते बुर्तिबाङ
तमानखोला गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट विनियोजन गरेको छ ।
संविधानको व्यवस्था अनुसार असार १० गतेभित्र नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरूप, गाउँपालिकाले चालु आर्थिक वर्षको अन्त्यसँगै ३३ करोड ४१ लाख ६ हजार २ सय ६५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।
पालीकाले कूल बजेटमध्ये पुँजीगत खर्चतर्फ ७ करोड ९४ लाख १७ हजार र चालू खर्चतर्फ २५ करोड ४६ लाख ८९ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।
पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पालिकाले शिक्षामा २ करोड ५२ लाख ५० हजार र स्वास्थ्यकरतर्फ १ करोड ६४ लाख ५५ हजार बराबर र पूर्वाधार विकासतर्फ६ करोड १५ लाख ८४ हजार पालीका र वडामा विनियोजन गरिएको छ। साथै सङ्घीय सरकार सशर्त अनुदानतर्फ ११ करोड ७५ लाख रुपैयाँ , सङ्घीय सरकार विशेष अनुदान मार्फत ७ लाख ५० हजार रुपैयाँ , सङ्घीय सरकार समपूरक अनुदानतर्फ ८० लाख रुपैयाँ र प्रदेश सरकार समपूरक अनुदानतर्फ ६० लाख रुपैयाँ, प्रदेश सरकार विशेष अनुदान ३९ लाख रुपैयाँ विनियोजन गरिएको हो ।
विगतमा राखिएका उत्कृष्ट कार्यक्रमहरूलाई निरन्तरता दिँदै पालीकाले सीपमूलक र प्रविधिमैत्री शिक्षामा जोड दिनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाएको प्रमुख प्रशासकीय अधिकृत अमित परियारले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाका अनुसार आगामी वर्षको बजेट शिक्षामा २ करोड ५२ लाख ५० हजार, स्वास्थ्यकरतर्फ १ करोड ६४ लाख ५५ हजार, र पूर्वाधार विकासमा ६ करोड १५ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ।
अध्यक्ष बुढाका अनुसार नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरणका, पर्यटन प्रवर्द्धन, उद्योग स्थापना, सहकारी र वित्तीय क्षेत्रको विस्तारलाई प्राथमिकतामा राखिएको छ। साथै, प्रविधिमैत्री सिकाइ, मिसन रोजगारी, उद्यमशीलतालाई प्रोत्साहन गर्ने सहुलियत ब्याजदर कार्यक्रम पनि समावेश गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत अमित परियारका अनुसार विगतका उत्कृष्ट कार्यक्रमलाई निरन्तरता दिँदै, सीपमूलक र प्रविधिमैत्री शिक्षामा विशेष जोड दिइएको छ।
तमानखोलाको नीति तथा कार्यक्रम : ३३ करोड ४१ लाख बजेट ।।










