पार्किङ गरेको डोजरमा आगलागी : निर्माण व्यवसायी संघद्धारा दोषिलाई कार्वाहीको माग ।

बागलुङको निसीखोलामा डोजरमा लागलागी भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–५ काफलठुँटामा पार्किङ गरेर राखेको बुर्तिबाङका भीम गौतमको डोजरमा शुक्रबार राति साढे १० बजे आगलागी भएको हो ।
घटनाको निर्माण व्यवसायी संघ बागलुङले विज्ञप्ती मार्फत दोषिलाई तत्काल अनुसन्धान गरी कानुनी कार्वाहीको दायरामा ल्याउन अनुरोध गरेको हो । ढोरपाटन नगरपालिका ५ स्थित भिम गौतमको २–८३–०८१ क १६९८ नम्बरको दोजरमा आगजनी भएको जनाइको छ ।
आगलागीबाट डोजरमा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिनुभयो । बायखोला–झिम्पा–निसी सडकको काम गरि रहेको डोजरमा आगलागी भएपछि काम समेत प्रभावित भएको छ ।
डोजरमा कसले किन अगाजनी ग¥यो भन्ने नखुलेको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । डोजरको सिसा, रबर लगाएत अधिकांश भाग जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । डोजरमा आगजनी गर्नेको खोजी कार्य भइरहेको बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img