रोकियो बुर्तिबाङ–बोङगादोभान सडकको काम ।

बागलुङको तमानखोला गाउँपालिका सदरमुकाम जोड्ने सडक निर्माणको काम पछिल्लो समय रोकिएको छ । दुई वर्षसम्म कालोपत्रे सम्पन्न गर्ने गरी एसी कन्ट्रक्सन निर्माण कम्पनीले जिम्मा पाएको उक्त सडक आयोजनाको काम पछिल्लो समय निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै काम रोकेको हो ।

बुर्तिबाङ दुले देखि १० किलोमिटर तमानखोला गाउँपालिकाको सदरमुकाम बोङ्गादोभान सम्म कालोपत्रे गर्ने गरी पूर्वाधार विकास कार्यालय मार्फत रु १२ करोड ७४ लाख लागतमा आगामी २०८३ साउन १९ गते सम्पन्न गर्ने गरी गत असोज महिनामा आयोजनाको शिलान्यास गरिएपनि कामले गति लिन नसकेको हो ।

सडक सफाई, नालि निर्माण, मेसिनरी वाल निर्माण लगायतका काम भएपनी सडक कालोपत्रे हुने अवस्थामा काम रोकिँदा स्थानीय नागरिक निराश बनेका छन । शुक्रबार बिहान जिल्ला समन्वय समिति बागलुङका प्रमुख सहित पदाधिकारी, पूर्वाधार विकास कार्यालयका प्रतिनिधि, तमानखोला गाउँपालिका अध्यक्ष सहित जनप्रतिनिधि र निर्माण व्यवसायी बिचको छलफलका क्रममा निर्माण व्यवसायी दीपक कुमार अदै ले आफूलाई काम गर्ने सम्पूर्ण वातावरण तयार नहुँदा सम्म काममा नर्फकने बताउनु भयो ।

बजेटकको सुनिश्चितता, नली सफा गर्ने बजेटको व्यवस्थापन र स्थानीय अवरोध हटेमा मात्रै काममा फर्कने जिकिर गर्दे हालसम्म दुई करोड बढिको काम भइसकेको बताउनु भयो । (भियो) नालि सफा गर्नका निम्ती आयोजना कार्यालय र निर्माण कम्पनी बिच सुरुवाती चरणमा सम्झौता नभएको र पछि काम गर्दे गर्दा ३९ सय घनमिटर नालि सफा गर्नुपर्ने अवस्था आएपछि आफ्नो ७४ लाख बढि खर्च हुने तर आयोजना कार्यालयबाट उक्त खर्चको न्यून प्रतिशत पनि वेहोर्न आनाकानी भएपछि आफूले काम रोकेको र लिइएको लक्ष्य अनुसार काम गर्न कठिन भएको अदै को भनाई छ ।

त्यस्तै स्थानीय अवरोध र बाँकी काम गर्दे जाँदा प्राप्त हुनुपर्ने रकमको सुनिश्चितता नभएसम्म जोखिम नलिने अदैको धारणा छ । कार्यक्रममा जिल्ला सम्मोन्य समिति बागलुङका प्रमुख अमर बहादुर थापाले बोल्दै निर्माण कम्पनी र आयोजना कार्यालय विच सम्मान्य गरेर सडक आयोजनाको कामलाई निरन्तर अगाडी बढाउने वातावरण बनाउनुपर्ने बताउँदै यहाँका जनताको आवश्यकता र समस्यालाई निराशा बनाउने कार्य नगर्न अनुरोध गर्नुभयो । कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै सानातिना समस्यालाई सुल्झाउँदै समयमै काम सक्ने वातावरण सृजना गर्ने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

उता पूर्वाधार विकास कार्यालयका कर्मचारीले नालिको काम नगरी अन्य काम गर्न कुनै समस्या नरहेको बताउँदै निरन्तर काम गरेमा बजेटको व्यवस्थापनमा माननीयहरु संग समन्वय गरेर आफुहरुले समेत साथ दिने बताएका छन । नालि सफाको विषयमा माथिल्लो निकायमै पठाउनुपर्ने भएका कारण आफुहरुले सबै जिम्मा लिन नसक्ने बताउँदै अन्य काममा कुनै अवरोध नभएको जनाइएको हो । उक्त सडक गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालय बागलुङको प्रादेशिक निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगतको बहुबर्षिय सडक आयोजनाको रुपमा रहेको छ ।

उक्त सडक आयोजनाको काम नरोकि निर्धारित समयमै सम्पन्न गर्ने गरी अगाडी बढ्न गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले पटक पटक ताकेता गरिरहनु भएको छ । आफुले बजेट व्यवस्थापनमा निरन्तर पहल गरिरहेको जनाउँदै निर्माण कम्पनीलाई सम्झौता अनुसार बजेट निकासामा समस्या नपार्ने गरी आफुले सहयोग गरिरहेको सांसद कुवँरले बताउनु भयो । केहि दिन अगाडी आयोजनाको अनुगमन गर्दे सांसद कुवँरले निर्धारित समयमै काम सक्ने गरी अगाडी बढ्न सुझाब दिनुभएको हो ।

निर्माण कम्पनीले सहज भएमा चालु आर्थिक बर्षमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने जनाइरहेको अवस्थामा नालि सफा गर्ने बजेटमा तादम्यता नहुँदा काम रोकिन पुगेको बुmिभन आएको हो । सडक निर्माण हुँदै गर्दा ढोरपाटन नगरपालिका ३ र ४ तथा तमानखोला गाउँपालिका भरका नागरिक संगै म्याग्दीका नागरिक समेत लाभान्वित हुने छन । त्यस्तै निर्माण कम्पनीले सडक निर्माणको क्रमममा भालिबाङखोला दोश्रो जघु जलविधुत आयोजनाको मुहानमा नदि उत्खनन भएको र हेमु बुर्तिबाङ खप्तरीबाङ खानेपानीको आयोजनाको पाइपमा क्षति भएको भन्दै आयोजना कार्यालयलाई ध्यानाकर्षण गराएका हुन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img