बुर्तिबाङ मंसिर ९
बागलुङको काँठेखोला गाउँपालिकाबाट लागुऔषध गाँजासहित दुई युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले ८ केजी २०८ ग्राम लागुऔषध गाँजाको धुलोसहित काठेखोला गाउँपालिका ५ काउलेका ३० वर्षीय प्रेम भन्ने गिरीप्रसाद श्रीस र २९ वर्षीय तिलक भन्ने तुलबहादुर श्रीसलाई पक्राउ गरेको हो ।
दुवै जनाको घर खानतलासी गर्दा एकमुष्ट ८ केजी २०८ ग्राम गाँजाको धुलो जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए। उनीहरुले घरबाट लागुऔषध गाँजाको कारोबार गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको डीएसपी केसीले बताए ।

















