निसीखोला दास्रो लघु जलविद्युत आयोजनाको पाचौँ वार्षिक साधरणसभा एवं तेस्रो अधिवेशन ः सर्वसम्वत बाट नेत्तृत्वको प्रयास

विनोद विश्वकर्मा, निसीखोला
निसीखोला दोस्रो लघुजलविद्युत आयोजनाको पाचौँ वार्षिक साधरण सभा एवं तेस्रो अधिवेशन सुरु भएको छ ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं ४ योगीथुम्कामा विद्युत गृह रहेर सञ्चालित आयोजनाले करिव ४ वर्ष पछि आफ्नो साधारण सेवा एवं अधिवेशन गरेको हो ।

आयोजनाको उपभोक्ता समितिको अध्यक्ष लोकिश्वर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक तथा गण्डकी प्रदेश पुर्व सांसद खिमविक्रम शाहीको प्रमुख आतिथ्यता रहेको थियो । आयोजित कार्यक्रमलाई संम्बोधन गदै शाहीले संथाले ढिलागरी भएपनि गरेको साधरण सभा तथा अधिवेशनलाई सकरात्मक लिदै अवको तेत्तृत्व लिनेले सस्थालाई नितिनियम र सस्थागत विधान अनुसार अगाडी बढाउन समेत सुझाव दिनु भयो । कार्यक्रममा थप बोल्दै बहुदलिय व्यवस्थामा समाजलाई सकरात्मक नेत्तृत्व गर्न राजनितिक दल भएको भन्दै समिति निमार्णमा पनि फरक राजनितिक दलको प्रतिनिधिन्व गरे पनि सस्थामा पुगे पछि संस्थाहितको काम गर्नु पर्ने बताउनु भयो ।

 
कार्यक्रममा विशिष्ट अतिथि निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले अव निसीखोलामा रहेका साना विद्युत आयोजना सबैलाई अफ्ठ्यारोे परिस्थिति र्सिजना भएको बताएका छन् । केन्द्रिय विद्युतको पोल गाड्ने काम चलिरहेको कारण स्थानिय विद्युतले केन्द्रिय विद्युत संग प्रतिशपर्धा गर्न नस्के र यसलाई अव बन्ने समितिले खटेर काम गर्नु पर्ने बताउनु भएको छ ।


आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका पुर्व अध्यक्ष तथा संस्थाका संस्थापक अध्यक्ष तारानाथ पौडेल,निसीखोला गाउँपालिका पुर्व निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द,निसीखोला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष टिकानिधि पौडेल,३ का वडा अध्यक्ष रमेश विक्रम शाही,नेपाली काँग्रेसका राजमन बुढा,ने कपा एमालेका भोटु कुमारी चन्द,नेकपा माओबादी केन्द्रका विमल शाही,झिवाखोला लघु जलविद्युत आयोजना बोहरागाउँका सचिव ईश्वरी प्रसाद कंडेल लगाएतले आफ्नो मन्तव्य रहेको थियो ।


कार्यक्रमको अवसरमा संस्थाका प्रबन्धक,अपरेटर लगाएत लाई खादा लगाएर तथा नगद द्धारा सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा निसीखोला गाउँपालिका कार्यपालिका सदस्य गिता सापकोटा,जिवन कुमारी बि.क,लगाएत वडा नं ३ र ४ का वडा सदस्य,उपभोक्ता समितिका पदाधिकारी,स्थानिय राजनितिक दलका प्रतिनिधि लगाएतको उस्थिति रहेको थियो ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अर्थिक सहयोग र डि सी आर डि सी को प्राविधिक सहयोगमा २०६४ साल माग १८ गते तत्कालिन बोहरागाउँ गाउँविकास समितिको झिवाखोला बजारमा बृहत भेलामार्फत तारानाथ पौडेलको अध्यक्षतामा १३ सदस्य समिति गठन गरी निसीखोला दोस्रो लघिु जलविद्युत आयोजना नामाकरण गरी २०६५ जेष्ठ ९ गते मुहानदेखी विद्युत गृह सम्म बोहरागाउँ गा वि स वडा नं १ देखी ९ र निसी गाविसको १ र ३ लाई समेत जोडी आयोजना सञ्चालन भएको थियो ।
आयोजित सनिबारको उद्घाटन सत्रको कार्यक्रम लेखा समिति संयोजक उमानन्द रेग्मीको स्वागत र सचिव ढालेन्द्र हमालको सञ्चालनमा सम्पन्न भएको थियो । अहिले बन्दसत्रमा नयाँ समितिको लागि सहमतिको प्रयास भईरहेको निवर्तमान सचिव हमालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img