अर्नाकोटमा कर्मफ्लाईट्स फाउन्डेसन द्धारा निमार्ण गरिएको बर्थिङ सेन्टर पालिका लाई हस्तान्तरण

विनोद विश्वकर्मा,बुर्तिबाङ,बागलुङ
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं २ अर्नाकोटमा कर्मफ्लाईट्स फाउन्डेसन पोखराद्धारा निमार्ण गरिएको बर्थिङ सेन्टर तथा अन्य संरचनालाई सनिबार हस्तान्तरण तथा भवन उद्घाटन गरेको छ ।

कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष घर्तिले कर्मफ्लाईट्स फाउन्डेसनले अर्नाकोटलाई स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने उदेश्यले ,यहाँका जनताको मर्मलाई बुझेकोमा धन्यवाद व्याक्त गर्नु भयो । घर्तिले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले समेत जनताको स्वास्थ्यलाई मध्यनजर गदै बिभिन्न क्षेत्रमा काम गरिरहेको र अर्नाकोट बासीको समस्याको पनि समधानमा जोड दिने बताउनु भयो । विगतमा वडा अध्यक्ष भएको समयमा त्यस ठाउँको सम्स्या पानीको पनि भएको कारण वडा नं ६ भलकोट बाट पानी खुवाउन आफुले कोषिस गरे पनि समस्याको समाधान हुन नसकेको र त्यसलाई अवको दिनमा आफ्नो कार्यकाल भित्र काकाकुल अर्नाकोटलाई जसरी पनि पानी उपब्ध गराउने बताउनु भयो ।

“यहाँ हरुलाई निरन्तर पानी ल्याउनको लागि गाउँपालिका ,प्रदेश वा संघ बाट भए पनि बजेट मिलाएर पानीको लागि पहल गर्ने प्रतिबद्धता गर्दछु ,अहिले पनि निसीखोलाको भल्कोट बाट पानी दिदा केही समस्या हुने हो कि भनेर केही व्यात्तिले अवरोध गर्ने गरेका छन् । त्यसलाई जसरी पनि कन्भिन्स गरेर अर्नाकोटलाई वडा नं ६ बाट पानि ल्याउन पहल गर्ने छु ” अध्यक्ष घर्तिले भन्नु भयो ।
गाउँपालिकाले स्वास्थ्य सस्थालाई सुविधा सम्पन्न बनाउन पालिकाले स्वास्थय र शिक्षामा विशेष जोड दिएको र स्वास्थ्य ईकाइमा पनि समस्या रहेको भन्दै यसलाई अझै पनि सुविधा सम्पन्न बनाउनको लागि पालिका तयार रहेको रहे पनि बजेट अभाव भएको बताउनु भएको छ ।
यस्तै कार्यक्रमको विशिष्ट अतिथि निसीखोला गाउँपालिका निर्वतमान अध्यक्ष तारानाथ पौडेलले अर्नाकोट पर्यटकिय क्षेत्र भएको भए पनि अर्नाकोटको विभिन्न समस्या मध्य स्वास्थ्य पनि एक भएको र यसलाई कर्मफ्लाईट्स फाउन्डेसनले सहयोग गरेकोमा धन्यबाद दिनु भयो । सुत्केरीको स्वास्थ्य लाई ख्याल गदै अर्नाकोटमा बर्थिङ सेन्टर स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिनु भयो । आफ्नो कार्यकालमा अर्नाकोटमा पानीको समस्या रहेको र यसलाई समाधान खोज्दै छलफल गदै गर्दा पनि यसको समस्याको समाधान हुन नसकेको प्रति दुःख व्याक्त गर्नु भयो ।


कार्यक्रमको अवसरमा कर्मफ्लाईट्स फाउन्डेसनका अध्यक्ष लक्ष्मण थापाले संस्थाले गरेको कामले जनतालाई पुर्ण रुपमा फाईदा दियोस् भनेर सञ्चालन गर्ने गरेको र यसलाई स्थानियले स्वामित्व लिएर उपभोग गर्न अनुरोध गर्नु भयो ।
यस्तै कर्मफ्लाईट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेम कुवँरले यस भन्दा अगाडी पहिलो चरणमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरेको तर त्यसले मात्रै यहाँका जनताको स्वास्थय समस्याको समाधान नहुने भन्दै बर्थिङ सेन्टर स्थापना गरिएको बताउनु भयो ।

कार्यक्रममो अवसरमा निसीखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष चन्द्र सिंह रामजाली, निसीखोला गाउँपालिका स्वास्थय संयोजक टोप बहादुर चन्द, ढोरपाटन नगरपालिका २ का अध्यक्ष भेग बहादुर खत्री अर्नाकोट स्वास्थ्य ईकाइ ईन्चार्ज विष्णु कुवँर, बुर्तिबाङ प्रथमिक स्वास्थ्य केन्द्र नर्सिङ ईन्चार्ज पार्वति अर्याल, लगाएतले आफ्ना्े मन्तव्य व्याक्त गरेका थिए ।
गत साउन महिनामा योजना सम्झौता भै गत पौष १४ बाट निमार्ण सुरु गरेकामा फाल्गुन मसान्तमा सम्पन्न भएको थियो । ८५ लाख ५० हजारको कुल लागत र स्थानियको कुल ४ लाख ८० हजार बराबरको जनश्रमदानमा कर्मफ्लाईट्स फाउन्डेसन पोखराले निमार्ण गरेको हो । सामुदायिक स्वास्थ्य ईकाई बाट निसीखोला गाउँपालिका वडा नं २ र ढोरपाटन नगरपालिकाको वडा नं २,वडा नं ५,र ७ का करिव ५ सय घरधुरीका ५ हजार जनाले प्रत्यक्ष सेवा लिन पाउने निसीखोला गाउँपासलिका वडा नं २ का अध्यक्ष कुविर बिश्वकर्माले जानकारी दिनु भयो ।
प्रथमिक स्वास्थय केन्द्र टाढा भएको र निसीखोला गाउँपालिको स्वास्थय चौकी पनि टाढा भएको कारण ढोरपाटन नगरपालिका सहितको जनतालाई प्रशुतिको लागि भोग्दै आएको समस्यालाई समाधान गर्नको लागि बर्थिङ सेन्टर स्थापना गरिएको कर्मफ्लाईट्स फाउन्डेसन पोखराका कार्यक्रम निर्देशक प्रेम कुवँरले जानकारी दिनुभयो । ५२ लाखको लागतमा ३ कोठाको बर्थिङ सेन्टर निमार्ण गरिएको छ प्रशुति कोठा,कुरुवा कोठा,भन्डारण कोठा तथा भुकम्प प्रतिरोधि भवन निमाण गरेको कार्यक्रम निदेशक कुवँरको भनाई छ । स्वास्थ्य ईकाईमा जम्मा १ जना कार्यलय सहयोगी र ४ जना स्वास्थयकर्मी रहेका छन् ३ जना कर्मफ्लाईट्स फाउन्डेसन र २ जना गाउँपालिकाले राखेको संस्थाका कार्यक्रम निर्देशक कुवँरको बताउनु भयो ।
अर्नाकोट सामुदायिक स्वास्थय ईकाईलाई विभिन्न रिपोटिङको लागि कम्प्युटर ल्याव तथा एसविआई एक जना मात्रै भएको हुदा १ जना कतै बाहिरा हुदा समस्या पर्ने हुदा थप एक जनाको आवश्यक रहेको ईन्चार्ज विष्णु कुवँरले जानकारी दिनु भयो ।
कार्यक्रममा निसीखोला गाउँपालिका योजना शाखा प्रमुख पुरुसोतम गौतम , युनिका फाउन्डेसन द नेदरल्यान्डस , द क्यालाउडबेस फाउन्डेसनका प्रतिनिधि,वडा नं ५ का अध्यक्ष हर्क बहादुर घर्ति,ढोरपाटन नगरपालिका वडा नं ७ का अध्यक्ष धन बहादुर अदै, लगाएत स्थानियको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा स्थानिय पञ्चेबाजा, स्थानिय मारुनी नाच,आमासमुहको नाचगान तथा ,अर्नाकोट माध्यामिक बिद्यालयका विद्यार्थीले नाच प्रश्तुत गरेका थिए । सामुदायिक स्वास्थ्य ईकाई तथा कर्मफलाईट्स फाउन्डेसनले अतिथिलाई मायाको चिनो तथा प्रशंसा पत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा निसीखोला गउँपालिका वडा नं २ का अध्यक्ष कुविर वि.कको अध्यक्षता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img