बडिगाड न्वागी मेला ः निर्वाचनको कारण मंसिर ५ देखीको कार्यक्रम स्थगित

बिनोद विश्वकर्मा , बुर्तिबाङ

मङ्सिर ५ गतेबाट हुने भनिएको न्वागी मेला मङ्सिर १० गतेबाट हुने भएको छ ।

बालुङ्ग जिल्लाको बडिगाड गाउपालिकाको वडानम्बर ५ स्थित खारमा हुने यस वर्षको मेलाको यसअघि पत्रकार सम्मेलन गरि कार्यक्रमको तालिका समेत सार्वजनिक गरेको पौदी न्वागी मेला तथा संस्कृति ससंरक्षण समितिले सोमबार पुनः अर्को बैठक बसि मङ्सिरको १० गतेबाट मेला आयोजना गर्ने निर्णय गरेको समितिका सहसचिव टिका पाइजाले जानकारी दिनुभयो ।

आउदै गरेको मङ्सिर ४ गतेको निर्वाचनमा स्थानिय स्तरमा रहेका राष्ट्रसेवक कर्मचारीहरु समेत निर्वाचनमा होमिनुपर्ने भएकोले र सुरक्षाका दृष्टिले सुरक्षा निकायका कर्मचारीसमेत निर्वाचनमा खटिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको कारण मेला सार्नुपरेको आयोजकले जनाएको छ ।

न्वागि मेला १० गतेबाट हुने भएपनि न्वागि खाने कार्यक्रम भने ५ गते नै हुने पाइजाले बताउनुभयो । १० गतेबाट हुने कार्यक्रमको तालिका भने २÷३ दिनमै सार्वजनिक गर्ने तयारी रहेको र सम्पुर्ण कार्यक्रमका लागि दर्ताका कामहरु ९ गतेसम्म भैसक्नुपर्ने पनि समितिले जनाएको छ ।

प्रायजसो मेला तथा महोत्सवहरु कार्यतालिकाअनुसार सन्चालन, सुरु र समापन नहुने समस्या रहेकोले यस पटकको न्वागि मेला भने समयको पालना गरि सभ्य र भव्यताका साथ गर्ने जनाइएको छ । कार्यक्रममा स्थानिय झाँकी, उत्पादन, कला, सस्कृतिसङ्गै राष्ट्रीय कलाकारहरुको प्रस्तुति रहनेछ । उपस्थितिको लागि आयोजकले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img