दिगो पर्यटन प्रर्वद्धन परियोजना द्धारा ढोरपाटन क्षेत्रको चौतर्फी विकासका लागी संवाद ।

 छविलाल पाण्डे

ढोरपाटन चैत्र २७ गते

विवाईसी अन्र्तगत दिगो पर्यटन प्रर्वद्धन परियोजनाको आयोजनामा ढोरपाटन क्षेत्रको चौतर्फी विकासका लागी सरोकारवाला निकाय सँगको छलफल परियोजना संवाद कार्यक्रम बुर्तिबाङमा शुक्रबार सम्पन्न भएको छ ।

परियोजनाले ढोरपाटन क्षेत्रको विशिष्टता लाई ध्यानमा राख्दै पर्यावरणीय , पर्यटकीय , उद्यमशीलता, र दिगो विकासका निम्ती महत्वपूर्ण कार्यक्रम गर्दे आएको छ ।

परियोजनाले शन २०२३ देखि विभिन्न कार्यक्रम गर्दे गर्दा स्थानीय तहका जनतालाई जनता प्रति थप उत्तरदायी बनाउन र दिगो विकास, उद्यम, रोजगार र सुधार गर्नुपर्ने विषयलाई ध्यानमा राख्दै ढोरपाटन क्षेत्रको सम्भावना, दुर्लभ पक्ष र सुधार गर्नुपर्ने पक्ष लगायतका विषयमा संवाद एवम् छलफल कार्यक्रम गरिएको हो ।

कार्यक्रमका अवसरमा परियोजनाले सञ्चालन गरिरहेका गतिविधि, थप व्यवस्थापकीय पक्ष संगै जनप्रतिनिधिको बिचमा आफ्नो वडाको अवस्था, सम्भावना, दुर्बल र आन्तरिक सुनार गर्नुपर्ने पक्षका विषयमा समीक्षा समेत गरिएको छ । जनप्रतिनिधि जनताप्रति संधै जिम्मेवार र आफ्नो क्षेत्रको सम्भावना, अवसर तथा सिकेका राम्रा विषयलाई नागरिकका बिचमा पुर्याउने कर्तव्य र दायित्व रहेको बताइएको हो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा नम्बर ३ का अध्यक्ष खिम बहादुर सुनार, वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र पुन, वडा नम्बर ६ का अध्यक्ष उमेश बुढा, वडा नम्बर ७ का अध्यक्ष धन बहादुर अदै , वडा नम्बर ८ का अध्यक्ष भद्रमणी सुनार , कार्यपालिका सदस्य, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम परियोजनाका मूल्याङ्कन तथा अनुगमन अधिकृत विष्णु पौडेलले सहजिकरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img