बागलुङको निसीखोला गाउँपालिका वडा नं ४ को निसीखोला दोस्रो लघुजलविद्युतको विद्युतगृहबाट ओभरफुलको नालीमा मंगलबार बिहान फेला परेको शव पहिचान खुलेको छ ।
इलाका प्रहरी कार्यालय गलकोटका अनुसार निसीखोला ४ जार्पा निवासी ५७ वर्षिय रेशम कुमारी शाही रहेको प्रहरी निरीक्षक डम्मर बहादुर बोहोराले पुष्टि गर्नुभयो ।

प्रहरीले दिएको जानकारी अनुसार, शाही सोमवार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेको हुन सक्ने प्रहरीको अनुमान छ । उनी घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए ।
उनको शवलाई मंगलवार बिहान स्थानीय नर बहादुर कुवँरले नालीमा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक बोहोराको भनाई छ । अहिले उनको सनाखत गरी पोष्टमार्टमको लागि बुर्तिबाङ प्रादेशिक अस्पतालमा पु¥याइएको छ ।











