दोलखा वेदिङ : कर्मचारी कुरेको कुर्‍यै, मतदाता आउँदै आएनन्

२१ फागुन, काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका कोही पनि मतदाता हालसम्म मतदान प्रक्रियामा सहभागी भएका छैनन् ।

वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी हालसम्म मतदाता कुरेर बसेका छन् । तर, हालसम्म एक जना पनि मतदाता मत हाल्न नआएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

सो केन्द्रमा ११३ जना मतदाता छन् । ‘मतदान अधिकृत सहित ५ जना कर्मचारी र १३ जनाको सुरक्षाकर्मी खटिएर मतदानको लागि तयारी अवस्थामा छन्,’ उनले भने, ‘मतदानको लागि अनुरोध गर्दा पनि हाम्रो स्वेच्छा हो भन्दै मत हाल्न कोही पनि आउनुभएको छैन  ।’

प्रमुख जिल्ला अधिकारी घिमिरेले मतदानको समय सीमासम्म मतदानमा खटिएका कर्मचारी मतदातालाई कुरेरै बस्ने जानकारी दिए ।

च्छो रोल्पाको काखमा रहेको वेदिङ भौगोलिक हिसाबले निकै विकट हिमाली गाउँ हो । उक्त गाउँका अधिकांश मतदाता काठमाडौंमा छन् । गाउँमै रहेका मतदातासमेत भोट हाल्न इन्कार गरेका छन् ।

वेदिङका मतदाताले आफ्ना आवाज अहिलेसम्म कसैले पनि नसुनेको र यस पटक कुनै उम्मेदवार मत माग्नसमेत नआएको भन्दै भोट नहाल्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img