नेपाली काँग्रेस बागलुङ २ को ४८ वटै वडामा औपचारिक कार्यक्रम शुक्रबार सम्पन्न 

नेपाली काँग्रेस बागलुङ २ को ४८ वटै वडामा औपचारिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेस ले सबै वडामा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । मतदाता भेटघाट, प्रशिक्षण, चुनावी प्रचार प्रसारका कार्यक्रमलाई सक्रिय रुपमा अगाडि बढाएको कांग्रेस ले शुक्रबार निसीखोला गाउँपालिका ४ झिवाखोला बजारमा कार्यक्रम गर्दे सम्पन्न गरेको हो ।

वडा सभापति चेतराम पौडेलको सभापतीत्व मा आयोजित कार्यक्रमलाई नेपाली काँग्रेस प्रत्यक्ष तर्फको उममेदवार टेकराज पौडेलले बोल्दै देशको हरेक जिम्मेवारीमा नेपाली काङ्ग्रेसको सक्रिय भूमिका रहेको बताउँदै अब पनी देशलाई सही दिसामा अगाडि बढाउन नेपाली काङ्ग्रेसको जित आवश्यक रहेको बताउँदै बागलुङ २ को विकास र समृद्धि सँगै देशको बागडोर सम्हाल्नका निम्ती आफू सहित समानुपातिक उममेदवार रेनुका काउचा लाई मतदान गरी विजयी गराउन अपिल गर्नुभयो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि दोर्ण कुमार कुवँरले बोल्दै यस क्षेत्रको माटो, भूगोल र जनताको समस्या बुझेका नेता युवा उममेदवार टेकराज पौडेललाई जिताउनुको विकल्प नरहेको बताउनु भयो ।

कार्यक्रममा समानुपातीक उममेदवार रेनुका काउचा, केन्द्रिय महाधिवेशन प्रतिनिधि दिलमाया पौवी, जिल्ला उपसभापति तारानाथ पौडेल, क्षेत्रीय सभापति जोक लाल बूढा, महाधिवेशन प्रतिनिधि देवेन्द्र घर्ति, ढोरपाटन नगरपालिका सभापति धन बहादुर कायत, कांग्रेस नेता कृष्ण के.सी.,डा. शान्तराज शर्मा, कांग्रेस नेता भरत शर्मा गैरे , निुसीखोला गाउँपालिका सभापति सुर्य बहादुर घर्ती लगायत नेताहरूको मन्तव्य रहेको थियो । कार्यक्रम उपसभापति राजमान बुढाको सञ्चालनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img