बागलुङ-२ का नेकपा र राजमोका साझा वाम उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ ले जनताको सहभागितामा देशमा राजनैतिक व्यवस्था परिवर्तन भएको र जनताको आर्थिक र सामाजिक अवस्था परिवर्तन गर्नको लागि आफू यस क्षेत्रकोे उम्मेदवार भएको बताउनुभएको छ ।
मतदाताको घरघरमा पुगेर गैरेले गाउँ केन्द्रीत दिगो विकासको नीति बनाउन र लागु गर्न आफूलाई भोट दिएर विजयी गराउनको लागि आग्रह गर्नुभयो ।

आज गलकोट नगरपालिका-९ को रिस्मी, वडा नम्वर-३ को तल्लो लमाई, बेसीफाँट र गलकोटको मुख्य व्यापारीक केन्द्र हटिया बजारमा अभियान सञ्चालन भएको थियो ।
तल्लो लमाईमा भएको जनभेटघाट कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य भवानी पन्त, गण्डकी प्रदेश सदस्य अर्जुन चोखाल, गलकोट नगर समिति अध्यक्ष गंगा भुजेलले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम संयुक्त निर्वाचन परिचालन समिति गलकोट नगर सदस्य भुवन अधिकारीको अध्यक्षता, निर्वाचन परिचालन समिति गलकोट नगरपालिका-३ का अनिल नेपालीको स्वागत र निर्वाचन परिचालन समितिका वडा ईन्चार्ज खिम साहानीको सञ्चालनमा सम्पन्न भएको थियो ।










