काँग्रेस उमेद्वार टेकराज पौडेल द्धारा पहिलो चरणमा तिन पालिकामा मतदाता भेटघाट ।

आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधि सभा निर्वाचनको मिती नजिकिँदै जाँदा नेपाली कांग्रेस बागलुङ २ का उम्मेदवार टेकराज पौडेलले आफ्नो निर्वाचन क्षेत्रका तीनवटा पालिकामा पुगेर पहिलो चरणमा मतदाता भेटघाट गर्नुभएको छ ।

६ पालिका रहेको बागलुङ २ मा ताराखोला गाउँपालिका, गल्कोट नगरपालिका र तमानखोला गाउँपालिकामा पहिलो चरणमा मतदाता भेटघाट कार्यक्रम भएको उमेद्वार पौडेलले बताउनु भयो ।

कांग्रेस उमेदवार टेकराज पौडेल सहित जिल्ला सभापती जीत बहादुर शेरचन, गण्डकी प्रदेश सांसद कांग्रेस नेता दोर्ण कुमार कुवँर, दिलमाया पौवी, जिल्ला सचिव गण्डकी थापा, उपसभापति तारानाथ पौडेल, क्षेत्रीय सभापती जोक लाल बुढा लगायत समानुपातीक उमेद्वार रेनुका काउचा लगाएत नेता कार्यक्रता द्धारा प्रत्यक वडा तहमा पुगेर मतदाता तथा कार्यक्रता भेटघाट संगै निर्वाचनमा नेपाली कांग्रेसका उमेदवारलाई विजयी गराउन अपिल गर्दे आएका छन ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका उमेदवार पौडेलले आफुले बागलुङ २ को माटो, भुगोल, विकास र समृद्धिको खाका राम्रो संग बुझेका कारण आफूलाई बिजयी गराउन मतदातालाई अपिल गर्नुभयो । लोकतनत्तको रक्षा गर्न, देशको विकास र समृद्धिका निम्ती नेपाली कांग्रेसका उम्मेदवारका जित आवश्यक रहेको उहाँका धारणा रहेको छ ।

आफूहरूको जीत सुनिश्चित रहेका कारण अत्याधिक मत सहित विजयी गराउन नेता कार्यक्रता सक्रिय पूर्वक लाग्नुपर्नेमा नेताहरुले जोड दिएका छन । तमानखोलामा वडा स्तरका कार्यक्रम सम्पन्न पश्चात वडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा घरदैलो र वडा स्तरीय चुनावी भेटघाट हुने क्षेत्रीय सभापती जोकलाल बुढाले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img