साइन रेसुङ्गा बैँक बुर्तिबाङ शाखाद्वारा गँगा आविमा कक्षाकोठा व्यवस्थापन अन्तरगत भित्ते लेखन ।


पौष २५ गते बुर्तिबाङ
साइन रेसुङ्गा बैँक बुर्तिबाङ शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ढोरपाटन नगरपालिका १ खप्तरीबाङ मा रहेको गँगा आविमा विद्यालयमा कक्षा १ र २ को भित्ते लेखन गरिएको छ । 


बैँकको आर्थिक सहयोगमा भित्ते लेखन गरिएपछि एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज बहादुर कुमालको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो । 


बैँकका शाखा प्रबन्धक प्रेमनाथ पौडेल, ढोरपाटन नगरपालिका शिक्षा शाखा प्रमुख फरी पुष्पक दाहाल, बैँकका कर्मचारी लगायत स्थानीय अभिभावक विद्यार्थीको बिचमा भित्तेलेखन हस्तान्तरण गरिएको हो । 


बैँकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विपन्न वर्गका नागरिकका बालबालकाले पठन पाठन गर्ने विद्यालयमा भित्ते लेखन गरिएको र यसले विद्यार्थीलाई पठन पाठनमा सहयोग पुग्ने बैँकका शाखा प्रबन्धक प्रेमनाथ पौडेलले बताउनु भयो । बैँकले स्रहानिय कार्य गरेको भन्दै विद्यालयको तर्फदेखि धन्यबाद ज्ञापन गरिएको हो ।  

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img