सेवा प्रवाहमा क्रमिक व्यवस्थित बढ्दै बुर्तिबाङ अस्पताल ।

 कार्तिक २८ गते

बागलुङको पश्चिम क्षेत्रका नागरिकको स्वास्थ्य सेवालाई लक्षित गर्दे गत वर्ष पौष महिनामा ५० शैया सहित सेवा प्रवाह गर्ने उद्देश्य सहित स्थापना भएको बुर्तिबाङ अस्पताल पछिल्लो समय सेवा प्रवाह , आन्तरिक व्यवस्थापन संगै अगाडि बढ्न थालेको छ ।

गण्डकी प्रदेश सरकार मातहत रहने गरी बुर्तिबाङ स्वास्थ्य चौकीबाट अस्पतालको रुपमा स्तरोन्नति भएको अस्पतालमा प्रदेश सरकारले कर्मचारी व्यवस्थापन, औषधि व्यवस्थापन र आवश्यक मेसिनरी सामाग्रीको व्यवस्थापन गर्न थालेसँगै अस्पतालको सेवा सुविधा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालका प्रमुख डा. अविनाश पोख्रेलले बताउनु भयो ।

आवश्यक पूर्वाधार व्यवस्थापन र जनशक्ति व्यवस्थापन हुन थालेसँगै अस्पतालबाट १ जना हर्निया भएका बिरामी र दुई वटा अप्रेसन द्धारा प्रसूति गराइएको छ । अस्पतालमा कर्मचारी व्यवस्थापन भइरहेको छ ।

दुर्गम क्षेत्र भएका कारण विज्ञापन खोल्दा समेत कर्मचारी नआएको बताउँदै कोटा अनुसार कर्मचारी व्यवस्थापन बाँकी रहेपनि धेरै सुधार भइसकेको बताउँदै प्रकृया गत रुपमा अस्पताल अगडाी बढिरहेको बताउनु भयो । अस्पताल व्यवस्थापन गर्न केही समय लाग्दै गर्दा अनावश्यक टिकाटिप्पणी बाहिर आइरहँदा त्यसले राम्रो सन्देश नदिने बताउँदै सुरुवाती चरणमा रहँदै गर्दा सबैको साथ सहयोग आवश्यक रहेको बताउँदै प्रकृया गत रुपमा औषधि व्यवस्थापनको काम समेत भइसकेका कारण अब दुई हप्ता सम्म औषधिको व्यवस्थापन समेत पर्याप्त हुने डा. अविनाश पोख्रेलको भनाई छ ।

अस्पतालको कर्मचारी, औषधि व्यवस्थापनका काम अगाडि बढिरहँदा व्यवस्थापन समिति बिहिन रहेको अवस्थामा चाँडै समिति गठनको तयारी भइरहेको गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले बताउनु भयो ।

गण्डकी प्रदेशले लिएको नयाँ नियमावली अनुसार समिति गठन गरेर अगाडि बढाउने तयारी अनुसार मङ्सिरको पहिलो साता नै समिति गठन प्रकृया अगाडि बढ्ने सांसद कुवँरले बताउनु भयो । 

अस्पाल व्यवस्थापन समितीको अध्यक्षमा स्थानीय तहको प्रमुख रहने व्यवस्था अनुसार विगत तिन महिनाका निम्ती ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत अध्यक्ष रहेको समितीले काम गरेको थियो ।

दुई पटक सम्म बैठक राखे्र समितीले कर्मचारी नियूक्ति, औषधि खरिद प्रकृया लगाएतका काम अगाडी बढाएको जनाइएको छ । केहि महिना पहिले प्रदेश सरकारले नयाँ नियमावली लिएसंगै पुरानो समिती स्वत खारेज भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img