२०८२ असोज ३१ बुर्तिबाङ
बुर्तिबाङको उपल्लो बजारस्थित स्वामीबोट क्षेत्रमा हाल भइरहेको सडक तथा ढल निकास निर्माण कार्य तीव्र गतिमा सञ्चालन भइरहेको छ ।
निर्माण कार्य अघि बढेसँगै उक्त क्षेत्रबाट चारपाङ्ग्रे सवारी साधनको आवत–जावतमा समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् ।
सवारी साधनहरु दुलेबाट नै समान दुवानी र मानिसहरु बोकेर गाँउ फर्केका छन् ।

सडक विस्तार र ढल निकास निर्माणका क्रममा सडकको केही भाग खनिएकोले सवारी साधन चलाउन असहज भएको हो ।स्थानीयहरूका अनुसार, निर्माण कार्य सुरु भएयता बजार क्षेत्रमा कुनै पनि सवारी साधन प्रवेश गर्न सकेका छैनन्, जसका कारण बजारमा सामान ढुवानीमा समेत कठिनाइ बढेको छ ।
“सवारी नआएपछि आवश्यक उपभोग्य वस्तु ल्याउन र पठाउन निकै समस्या भएको छ,” एक व्यापारीले भने चारपाङगे्र सवारी साधन सञ्चालन ठप्प भएपछि तमानखोला, ढोरपाटन नगरपालिका–२, ३ र ४ नम्बर वडातर्फ आवत–जावत गर्ने नागरिकहरू पनि प्रभावित भएका छन् ।
स्थानीयले निर्माण कार्य छिटो सम्पन्न गरी सडक पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् ।