असोज १९ गते तमानखोला
बागलुङको तमानखोला गाउँपालिकामा जातीय छुवाछुत र लैङ्गिक हिंसा अन्त्य गर्नका निम्ती स्थानीय सरोकारवाला संगै दलित समुदाय र गैर दलित समुदायका व्याक्तिविच आवस्यक समोन्य भएको छ ।
तमानखोला गाउँपालिका अन्र्तगत वडा नम्बर १ र २ को सिमानामा पर्ने वडारथान मन्दिरमा गत असोज १५ गते दशै पर्वको नवमीको अवसरमा मन्दिरमा पूजाआजा पछि प्रसाद खाने समयमा स्थानीय छन्त्याल समुदायका केही व्यक्तिले प्रसाद ग्रहण नगरी घर फर्किएपछि जातीय रुपमा भेदभाव भएको भन्दै चर्काे विरोध सृजना भएको थियो ।
आइतबार तमानखोला गाउँपालिका न्यायिक समितिको सक्रियतामा भएको बैठकले आगामी दिनमा गाउँपालिकामा कुनैपनि जातिय र लैङ्गिक हिंसा जन्य घटना अन्त्य गर्नका निम्ती सबै निकाय गम्भिर रुपमा लाग्ने भन्दै डोरीको गाँठो भित्र जातीय विदेभ अन्त्य गरौँ । हामी सबै प्रतिबद्ध छौँ भन्ने प्रतिबद्धता पत्रमा दलित र गैर दलित दुबै पक्षले डोरी तानेर प्रतिबद्धता जनाएका छन ।
गाउँपालिका न्यायिक समितिका संयोजक हिरा कुमारी छन्त्यालको संयोजगत्वमा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, न्यायिक समिती पदाधिकारी, वडा अध्यक्ष जनप्रतिनिधि, दलित अगुवा, पीडक समुदायका पदाधिकारी, पत्रकार र प्रहरी लगायतको सहभागितामा विभिन्न ८ बुधे सहमति गर्दे आगामी दिनमा तमानखोला गाउँपालिकामा जातीय विभेद र लैङ्गिक हिंसालाई अन्त्य गर्नका निम्ती सबैले प्रतिबद्धता जनाएका हुन ।
सहमति अनुसार पीडक पक्षले आवस्यक माफी मागेसँगै आगामी दिनमा यस्ता गल्ति दोहोराउने र सजाय स्वरुप ३० हजार पूजामा लागेको खर्च जरिवाना स्वरुप तिराउने निर्णय भएको छ । दलित र जनजाति समुदायले जनजाति समुदायको घरमा सामूहिक भोज गर्ने, जातीय भेदभाव विरुद्धका गतिविधी रोक्न गाउँपालिका सहित सबै सरोकारवाला निकायले सक्रिय भूमिका खेल्ने निर्णय गरीएको हो ।
सार्वजनिक पदभार ग्रहण गरेका व्यक्ति कर्मचारी, शिक्षकले विभेद जन्य गतिविधि गरेमा कानुनी रुपमा कारवाही अगाडी बढाउने, स्थानीय वडा नम्बर २ का माया प्रसाद छन्त्यालले अन्तरजातीय विवाह गरेका कारण आफ्नो कुलबाट निस्कासन गरिएका कारण निजलाई कुलमा समाहित गर्दे यस्ता घटना विभेदका घटना खोज गरी पीडितलाई न्याय दिलाउन पहल गर्ने लगायतका विषयमा छलफल र निर्णय गरिएको हो ।
स्थानीय अगुवा तथा टोल विकास संस्थाका अध्यक्ष समेत रहेका जाल बहादुर छन्त्यालले आफुहरुले विगतका केही बर्षदेखि दलित र छन्त्याल समुदाय विच सामुहिक रुपमा लिखित प्रतिबद्धता अनुसार मन्दिरमा पुजा गर्ने र प्रसाद गर्ने गरीएको भएपनी यसबर्ष अधिकाँस परिवारले यसबर्षको दशै नमनाउने भएका कारण मन्दिरमा पुजा गर्न उपश्थित नभएको र केही छन्त्याल समुदायका व्यक्ति मात्र उपश्थित हुँदै गर्दा पुजामा समावेश नभई फर्किएका कारण यस घटनाले सबैलाई दुखि बनाएको र आगामी दिनमा मिलेर आफुहरु र दलित समुदाय अगाडी बढ्ने प्रतिबद्धता जनाएसंर्गै छलफल निश्कर्षमा पुगेको थियो ।