निसीखोला बन्यो पूर्णखोप सुनिश्चता भएको पालिका ।

छविलाल पाण्डे जेठ १९ गते

बागलुङको निसीखोला गाउँपालिका सोमबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । सबै वडालाई घोषणा गरिएसंगै सोमबार औपचारिक कार्यक्रम सहित पालिका घोषणा गरिएको हो ।

गाउँपालिका भर शून्य देखि १५ महिना सम्मका ४५२ जना र १६ देखि २३ महिना सम्मका ३७६ जना बालबालिकालाई खोप लगाइएको हो ।

खोपको पहुँच भन्दा बाहिर रहेका ५ जना बालबालिकालाई समेत अभियानमा समावेश गरेसंगै पूर्ण खोप पालिका घोषणा गरिएको हो । १६ देखि २३ महिना सम्मका ३७६ बालबालिकालाई खोपको पूर्ण मात्रा पुरा गरेका बालबालिकाको सँख्या सबै वडामा पुगेपछि पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक जुनी घर्तिले बताउनु भयो ।

बालबालिकाको शरीरमा रोग सँग प्रतिरक्षा गर्ने क्षमता वृद्धि गराउनका निम्ती खोप लगाउने गरिन्छ । पालिका भरका ११ स्वास्थ्य सँगै १७ खोप केन्द्रबाट विभिन्न १३ प्रकारका खोप लगाउने गरिएको हो । स्वास्थ्य कर्मी , महिला स्वास्थ्य स्वयमसेवीका द्धारा घरधुरी सर्वेक्षण गरेर हेरक बालबालिकाले निःशुल्क रुपमा पाउनु पर्ने खोपको मात्रामा पुरा गरेको पाइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको जनाइएको हो ।

आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्यमान घर्तिले बोल्दै गाउँपालिकाले स्वास्थ्य र शिक्षामा पहिलो प्राथमिकता दिएर काम गरिरहेको जनाउँदै गाउँपालिकाले विभिन्न सूचकको आधारमा पूर्ण खोप पालिका घोषणा गर्दे गर्दा यसलाई दिगो बनाउन सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । पालिकाले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्यको पहुँचमा राख्न स्वास्थ्य इकाई स्थापना गरेर गाउँगाउँबाटै स्वास्थ्य सेवा दिइरहेको बताउनु भयो ।

गाउँपालिका अध्यक्ष घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका सामाजिक विकास समिति अध्यक्ष एवम वडा नम्बर १ का अध्यक्ष चन्द्रसिंह रामजालीले स्वास्थ्य क्षेत्रको विकास भएमा मात्र गाउँपालिका समृद्ध बन्न सक्ने बताउनु भयो । अझैपनि गाउँघरमा चेतना अभावका कारण खोप लगाउन नजाने, बीरामी हुँदा स्वास्थ्य संस्थामा नपुग्ने अवस्था रहेका कारण त्यसलाई चिर्नका निम्ती सबै निकायले सकारात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोहोरागाउँ स्वास्थ्य चौकी प्रमुख टोप बहादुर चन्द, महिला स्वास्थ्य स्वयम सेवीका तारा शर्माको मन्तव्य रहेको थियो । स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयमसेवीका द्धारा गित र नृत्य संगै प्रतिबद्धता पत्रमा हस्ताक्षर सहित पालिकालाई पूर्ण खोप घोषणा गरिएको हो ।कार्यक्रममा स्वास्थ्य संयोजक जुनी घर्तिले वडागत खोप लगाउने बालबालिकाको तथ्याङ्कपूर्ण खोपको उद्देश्यका विषयमा प्रस्ट पार्नुभएको हो ।कार्यक्रम सिनियर अहेब कसिन्द्र शाहीको सञ्चालनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img