बैशाख २४ गते बुर्तिबाङ
शिशिर विश्वकर्मा
बागलुङको बुर्तिबाङमा राष्ट्रिय जनमोर्चा पार्टीको सङ्घीयता विरुद्ध सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ । “प्रतिगामी खतराको विरुद्ध सर्घष गरौं , गणतन्त्रको रक्षा गरौं ”भन्ने मूल नाराका साथ बागलुङको बुर्तिबाङमा राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर कमिटीको आयोजनामा सङ्घीयता विरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको हो ।

आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले देशमा सङ्घीयता आएपनि जनताको माग र देशको राष्ट्रिय आवश्यकताका आधारमा नआएको बताएका हुन । सङ्घीयता देशमा घाँडो भइसकेका कारण समयमा नै सर्तकता अपनाउन र गणतन्त्रको रक्षा गर्नका निम्ति गणतन्त्रवादीका पक्षहरु एक हुनुको विकल्प नरहेको बताइएको हो । पार्टीले देशका बिभिन्न ठाँउहरुमा यस्ता खालका सचेतनामूलक कार्यक्रम गरेको बताइएको हो ।
कार्यक्रमका राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला कमिटी कोषाध्यक्ष तथा ढोरपाटन नगर अध्यक्ष दिपक थापाको अध्यक्षता, जिल्ला कमिटी अध्यक्ष तिलक थापाको प्रमुख आतिथ्यता , केन्द्रिय सदस्य गौरीश्वर पाण्डे, दुर्गा खरेल,भेग बहादुर पाईजा , स्थानीय नागरिक, सुरक्षाकर्मी ,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अवसरमा प्रमुख अतिथि थापाले बोल्दै हाम्रो देशमा सङ्घीयता जनताको माग र देशको ऐतिहासिक तथा राष्ट्रिय आवश्यकताका आधारमा आएको होइन् । फरक साम्राज्यवादी देशहरू ,पश्चिमी साम्राज्यवादी देशहरूको दबाबका कारणले नै देशमा सङ्घीयता भित्रिएको बताउनू भयो । समस्याको जड नै ठूला पार्टी रहेको आरोप लगाउँदै थापाले स्थानीय निकाय र सरकार भ्रष्टाचारका केन्द्र भएको दाबी गर्नुभएको हो ।
त्यस्तै केन्द्रिय सदस्य गौरिश्वर पाण्डेले बोल्दै सङ्घीयता देशको हितमा हुँदै नभएको र स्थानीय देखि सरकारमा रहेका सम्म सङ्घीयतालाई प्रयोग गरेर चरम भ्रष्टाचारमा मुछिएको बताए । सङ्घीयता जनताको दैनिक हितमा नभएको ,आर्थिक र सामाजिक सदभाव भत्काउने अवस्था सिर्जना गरेकाले यसको छिटो खारेजीको पाइलाहरू चाल्नु देशका लागि हितकर हुने बताए ।
कार्यक्रम याम घर्तीको स्वागत मन्तव्य तथा बागलुङ जिल्ला कमिटीका सचिव भिमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।