ढोरपाटन नगरपालिकामा मनाइयो ६८ औँ राष्ट्रिय सहकारी दिवस ।

चैत्र २० गते ढोरपाटन

“मर्यादित सहकारी ः समुन्नत समाज” भन्ने मूल नाराका साथ बुधबार ढोरपाटन नगरपालिका स्थित विभिन्न सहकारी संस्थाको सहभागितामा ढोरपाटन नगरपालिकाको आयोजनामा ६८ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

ढोरपाटन नगरपालिकामा सञ्चालनमा रहेका विभिन्न ११ वटा सहकारी संस्थाको सक्रिय सहभागितामा सञ्चालन भएको कार्यक्रममा र्‍याली सहित बुर्तिबाङ बजार परिक्रमा सहित अन्तरकृया गरेर कार्यक्रम सम्पन्न गरिएको हो ।

ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा सहकारी सञ्चालक तथा व्यवस्थापकले आफ्नो धारणा राख्दै सहकारी आफ्नो सिद्धान्त अनुसार चल्नुपर्नेमा धेरै सहकारी संस्था झोलामा मात्र सीमित रहेको र निती र विधी अनुसार नचलेका कारण स्थानीय सरकारले त्यसको नियमन र व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन ।

व्यक्तिगत रुपमा चलाएका सहकारी बढि धराशायी भइरहेका कारण यो समुहमा समुहले व्यवस्थापन गर्ने संस्था भएका कारण त्यसको व्यवस्थापन, विधि प्रकृयागतभावी दिनमा उत्पादन, स्वरोजगार, सँगै दिगो बनाउने अभियानमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा सहभागीको जोड थियो । कतिपय खराब प्रबृतिमा चलेका सहकारीका कारण समग्र सहकारी क्षेत्रको बदनाम भइरहेको बताउँदै राजनैतिक दलको आवरणमा रहेका व्यक्तिबाट सहकारीको ऋण नतिर्ने, अटेर गर्ने परिपाटी बढिरहेको सहभागिले बताएका हुन ।

कार्यक्रमका अध्यक्ष एवम् ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बोल्दै सहकारीका समस्या धेरै देखिएको र त्यसलाई नियमन गर्न, व्यवस्थित गर्न र राम्रो संग सेवा प्रवाह गरिरहेको सहकारीलाई थप अगाडि बढाउन नगरपालिकाले पूर्ण रुपमा साथ दिने प्रतिबद्धता जनाउनु भएको छ ।

हालसम्म सहकारी क्षेत्र हेर्ने विभाग नहुँदा सहकारी क्षेत्र व्यवस्थित हुन नसकिरहेको अवस्थामा पछिल्लो समय शाखा स्थापना गरिएको र सहकारी अभियन्ता संग हातेमालो गर्दे सहकारी क्षेत्रको विकासमा नगरपालिका लाग्ने बताउनु भयो । उहाँले थप बोल्दै सहकारीमा डुबेको ऋण असुलका निम्ती नगरपालिकाले सक्रिय कदम चाल्ने समेत प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा सिवाइसी सकोस्, त्रिवेणी वचत तथा ऋण सहकारी, जनसञ्चार सहकारी, रुद्रावती कृषि सहकारी, खुँगा ढोरपाटन सहकारी, मखमली बचत तथा ऋण सहकारी, ढोरपाटन उत्तरगंगा बचत तथा ऋण सहकारी, बुर्तिबाङ बचत तथा ऋण सहकारी, परिवर्तन बचत तथा ऋण सहकारी, बुर्तिबाङ महिला विकास बचत तथा ऋण सहकारी, सेराबाङ कृषि सहकारी संस्थाका सञ्चालक समिति पदाधिकारी तथा सेवा केन्द्र प्रमुखको धारणा रहेको थियो । कार्यक्रम  जीवन कँडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

 

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img