वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा देशकै प्रभावशाली सय महिलाको सूचीमा

फागुन २६ ढोरपाटन
बाग्लुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी नेपालका १ सय प्रभावशाली महिलाको सूचीमा पर्नुभएको छ । । वल्र्ड अफि वोमनले अध्यक्ष थापासहित सामाजिक क्षेत्रमा अब्बल काम गर्ने देशका सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको हो ।

प्रतिनिधि सभाको पहिलो महिला उपसभामुख शिवमाया तुम्बाहाम्फे, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठलगायत महत्वपूर्ण अवसर पाएका र देशका ठुला पदमा पुगेका महिलासहितको सूचीमा बाग्लुङको दुर्गम क्षेत्रमा पर्ने बडिगाड गाउँपालिका अध्यक्ष थापा पनि समेटिनुभएको हो ।
पछिल्लो समय जिम्मेवारीमा रहेर जनपक्षिय काम गरेका महिलाहरुको क्षमता, योजना र क्रियाशिलताका आधारमा सय जनाको सूची सार्वजनिक गरिएको वल्र्ड अफ वोमनले जनाएको छ ।

डब्ल्यूओडब्ल्यूले नेपालमा नेतृत्व तहमा रही परिवर्तनलाई अगाडि बढाउने महिलाहरूको सामूहिक शक्ति नामक शीर्षकमा प्रभावशाली महिलाको सुचिसहित उनीहरुको बारेमा लेखेको छ ।

सरकार, राजनीति, कलाकारिता, खेलकुद, युवा नेतृत्वलगायत विधामा छानिएका प्रभावशाली महिलामा अध्यक्ष थापा जनप्रतिनिधि तर्फ प्रभावशालीको सूचीमा पर्नुभएको हो ।थापा यसअघि शी लिड्स आइकन अवार्डबाट पनि सम्मानित हुनु भएको थियो । देशभरका महिला जनप्रतिनिधिहरु मध्येबाट उत्कृष्ट काम गर्ने प्रतिनिधिलाई छान्ने प्रतिस्पर्धामा पनि अध्यक्ष थापा अब्बल बन्नुभएको हो ।

विभिन्न निकायबाट हुने यस्ता मुल्याङ्कनले थप जनपक्षिय भएर काम गर्न प्रोत्साहन मिलेको अध्यक्ष थापाले बताउनु भयो । चर्चाका लागि भन्दा नागरिकका लागि काम गर्न प्रेरणा मिलेको उहाँको भनाई छ ।बाह्य मुल्याङ्कनमा अध्यक्ष थापा मात्रै होइन, सरकारी संयन्त्रबाटै भएका विभिन्न मुल्याङ्कनमा थापाले नेतृत्व गरेको बडिगाड गाउँपालिका पनि उत्कृष्ट बन्ने गरेको छ ।
अध्यक्ष थापाले निर्वाचित भए लगत्तैदेखि ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको उत्थान, महिला स्वास्थ्य र ग्रामीण पूर्वाधार सँगै नागरिकको निःशुल्क स्वास्थ्य बीमा, गर्भवती महिलाहरूको लागि एक्स–रे सेवा, पोषण सहयोगसहित कल्याणकारी कार्यक्रमहरू सुरुवात र साना उद्योगहरूलाई प्रवद्र्धन गरेर नागरिकलाई आत्मनिर्भर र पालिकालाई समृद्ध बनाउन भूमिका खेलिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित