माघ २४ गते
आगामी माघ २७ गतेदेखि ३० गतेसम्म ढोरपाटन नगरपालिका अन्तरगत रहेका विभिन्न विद्यालयमा अध्यनरत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष उमेर समुहका एक हजार सातसय पच्चिस जना किशोरीलाई एच।पि।भी खोप लगाउने गरी आवस्यक तयारी अगाडी बढाइएको हो ।
नगरपालिका भरमा एक हजार ६ सय ९२ जना विद्यालय जाने र ३३ जना विद्यालय बाहीर रहेका गरी कुल एक हजार सातसय २५ जना किसोरीलाई खोप दिन थालिएको हो ।
बिहिबार ढोरपाटन नगरपालिकाको आयोजनामा सरोकारवाला निकायसंगको विचमा पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखको क्यान्सर रोग निवारण रणनीति एच.पि.भी.सेवा सञ्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने क्यान्सर प्रमुख कारक हो । यस्तो जोखिम रोगलाई नियन्त्रण गर्नका लागि यो एच.पी.भी. खोप लगाउने अभियान सञ्चालन गरिने भएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माले बताउनु भयो ।
नगरपालिका भित्र रहेका ६ देखि १० कक्षा सम्मका बिधालय जाने वा नजाने छात्रालाई खोप लगाउने अभियान कार्यक्रम सफल गर्न नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले आग्रह गर्नुभयो । ढोरपाटन नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न सुचकलाई पार गर्दे उत्कृष्ट बनेको बताउँदै नगरपालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो लागनी गरिरहेको बताउनु भयो ।
कार्यक्रममा प्रादेशिक अस्पत्ताल बुर्तिबाका प्रमुख बालरोग विशेषज्ञ डा। नविन्द्र ढकालले एचपीभी खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यक्रमका उद्देश्य, खोप अभियानको लक्ष्य, उपलब्धि, र यस अभियानले किशोरीहरूको स्वास्थ्यमा पुर्याउने सकारात्मक प्रभावबारे जानकारी गराउनु भएको थियो ।
एचपीभी खोप सम्बन्धि जनचेृतामुलक सन्देश,खोपको फाइदा,खोप लगाउनुको उदेश्य लगायतका कुराहरुमा प्रस्ट पारिएको थियो ।
कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतमा सञ्चालन भएको एच।पि।भी खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर रावल स्वास्थ्य संयोजक भुमिश्वर शर्मा
वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल, २ का अध्यक्ष भेक बहादुर खत्री, वडा नम्बर ३ का अध्यक्ष खिम बहादुर विक।, वडा नम्बर ६ का अध्यक्ष उमेश बुढाको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका व्यवस्थापन समिती अध्यक्ष, प्रध्यानाध्यापक , स्वाथ्यकर्मी, पत्रकार लगाएतको उपश्थिती रहेको थियो ।
क्यान्सर बिरुद्धको एपपिभी खोप अभियान देशैभर यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुँदै छ । कार्यक्रम केशव थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।