पौष १३ गते ढोरपाटन
दुर्गम क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएर गण्डकी प्रदेश सरकारले काम गर्ने गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बताउनु भएको छ ।

बागलुङको तमानखोला गाउँपालिका स्थित वडा नम्रब १ र २ जोड्ने मोटरपुल सँगै धन गौ ज्वती माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दे मुख्य मन्त्री पाण्डेले दुर्गम मध्ये बागलुङको तमानखोला गाउँपालिका समेत रहेका कारण यहाँको सडक र मोटरपुल आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
तमानखोला गाउँपालिकाको धोमाई घाट मोटरवेल पुल र तमानखोला देखि म्याग्दी जोड्ने सडकलाई आफूले यहाँका माननीयहरूको माग अनुसार प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।


गण्डकी प्रदेश सरकारले यसवर्ष बुर्तिबाङ देखि बोङ्गादोभान सम्म सडक कालोपत्रेका लागी बजेट विनियोजन गरेर काम सुरु गरिसकेको बताउँदै चाँडै मोटरवेल पुल, म्याग्दी सम्म सडक कालोपत्रे लगायतका विकास निर्माणलाई प्राथमिकता दिने बताउनु भयो । स्थानीय जनप्रतिनिधि र प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँर, दिलमाया पौवीको माग अनुसार पालिका स्तरीय खेलमैदान, तमान झोलुङ्गे पुल लगायतका यहाँका समस्यालाई क्रमिक रुपमा सम्बोधन गरिने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले बोल्दै जनता सँग गरेका बाचा क्रमश पुरा गर्दे गइरहेको जनाउँदै यहाँको समस्यालाई समेत प्राथमिकता दिएर काम गर्ने बताउनु भयो ।
यहाँको समस्याका विषयमा प्रदेश सरकारमा ध्यानाकर्षण गराइरहेको छु खेलमैदान, पुल, सडक, लगायतका समस्यामा गम्भिर भएर आफुले काम गर्ने बताउनु भयो ।त्यस्तै माननीय दिलमाया पौवी ले बोल्दै जनताका आवश्यकता र समस्यालाई सम्बोधन गर्नका निम्ती प्रदेश सरकार मार्फत विभिन्न काम भइरहेको जनाउँदै परिणाम देखिने गरी आफूहरूले काम गरिने बताउनु भयो ।
तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष हिरा कुमारी छन्त्याल, वडा नम्बर ३ का अध्यक्ष झक बहादुर बुढा वडा अध्यक्ष छ प्रसाद बिक, लगायतको मन्तव्य रहेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गिर बहादुर बुढाको अध्यक्षता,विद्यालयका प्रधानाध्यापक तेजिन्द्र घर्ति मगर द्धारा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रमका अवसरमा मुख्य मन्त्र पाण्डेले ब्लक २ भवनको समेत उद्घाटन गर्नुभएको थियो । कार्यक्रम शिक्षक पुरन ध्वज गुरुङको सञ्चालनमा सम्पन्न भएको हो ।
त्यस्तै तमानखोला गाउँपालिका १ र २ जोड्ने मोटरेवल पुलको समेत मुख्य मन्त्री पाण्डेले उद्घाटन गर्नुभएको हो ।गत असार महिनामा निर्माण सम्पन्न भएको उक्त पुलको मन्त्री पाण्डेले उद्घाटन गर्नुभएको थियो ।










