५० शैया सहित प्रादेशिक अस्पत्ताल बुर्तिबाङ सञ्चालनमा: सबै व्ययभार प्रदेशले बेहोर्छ मुख्य मन्त्री

बागलुङ पौष १२ गते

बागलुङको दुर्गम क्षेत्र बुर्तिबाङमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र गण्डकी प्रदेश मातहत रहने गरी ५० शैयाको प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति भएको छ ।नेपाल सरकारबाट अनुमति पायसंगै गण्डकी प्रदेश सरकारले आर्थिक दायित्व बहन गर्ने गरी अस्पतालको स्तरोन्नति गरिएको हो ।

शुक्रबार गण्डकी प्रदेशका मुख्य मन्त्री शुरेन्द्रराज पाण्डेले अस्पतालको उद्‌घाटन गर्दे दुर्गम गाउँसम्म सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउनका निम्ती  गण्डकी प्रदेश सरकारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशिक अस्पत्ताको रुपमा स्तरबृद्धि गरीएको जनाउँदै सेवा सुभारम्भ संगै बागलुङको दुर्गम गाउँका नागरिकले अब सहज स्वास्थ्य सेवाको पहुँचमा पुग्ने बताउनु भयो ।

प्रदेशले अब सबै प्रकारका व्यवभार जिम्मेवार लिने गरी अस्पत्तालको उद्धघाटन गरिएको जनाउँदै यो अस्पत्ताल निर्माणमा यस क्षेत्रका सांसद दोर्ण कुवँरको मुख्य भुमिका रहेको बताउनु भयो ।

यस क्षेत्रमा रहेका विभिन्न मोटरेवल पुल, उत्तरगंगा हाईड्रो, सडक लगाएत यस क्षेत्रको विकासका निम्ती निरन्तर प्रदेश सरकारका तर्फदेखि पहल र कार्यक्रम मार्फत अगाडी बढिने बताउनु भयो । धेरै विकास पनी भइसकेको जनाउँदै क्रमिक स्पमा जनताले महशुस गर्ने गरी आफुले काम गर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथी गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बोल्दै सरकारले लिएको स्वास्थ्य सेवाको पहुँच सबै क्षेत्रका नागरिक सम्म पुर्याउने लक्ष्य बमोजिम यस क्षेत्रलाई प्राथमिकता दिएर काम गरिएको जनाउँदै आवस्यक जनशक्ति, उपकरण लगाएत सबै प्रकारको व्यवस्थापन प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाउनु भयो ।

आफुले यस क्षेत्रको विषयमा अध्ययन गरेका कारण धेरै दुर्गम गाउँका नागरिकले पनी सहज सेवा प्राप्त गर्ने उदेश्य सहित अस्पत्ताल स्तरोन्नती भएको जनाउँदै स्वास्थ्य मन्त्रालयले विभिन्न लक्ष्यका साथ स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो ।

गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुवँरले बोल्दै आफुले पटक पटक संघ र प्रदेश र संघ सरकार मन्त्रालय लगाएत आवस्यक पर्ने सबै निकाटमा पटक पटक गरेको ध्यानाकर्षणका कारण जनताको सपना पुरा भएको जनाउँदै यसलाई दिगो बनाएर अगाडी बड्न सबैको साथ आवस्यक रहेको जनाउनु भयो ।

अब आफनो सपना यसै अस्पत्तालबाट डायलाईसिस सेवा, बालबालीका महिलाको उपचार सहज हुने गरी आवस्यक व्यवस्थापनमा सक्रिय भुमिका खेल्ने बताउनु भयो ।

 

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा आयोजित कार्यक्रममा  गण्डकी प्रदेश उपसभामुख विना थापा, गण्डकी प्रदेश सभा सदस्य जीत बहादुर शेरचन, गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी, माननीय कुशुम बुढा, गण्डकी पदेश सभा सदस्य दिपेन्द्र बहादुर थापा, माननिय चम्पा खड्का, वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा,गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिब डा. विनोद विन्दु शर्मा, बुर्तिबाङ अस्पत्तालका प्रमुख डा. नविन्द्र ढकाल लगाएतको शुभकामना मन्तब्य रहेको कार्यक्रम निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको स्वागत मन्तव्य, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

बागलुङको ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, गल्कोटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका सहित छिमेकी जिल्ला गुल्मी, प्युठान, रुकुम, रोल्पा सम्मका नागरिकले अस्पत्तालबाट सेवा प्राप्त गर्न सक्ने भएका हुन ।

२०२१ सालमा स्थापना भएको स्वास्थ्य चौकी लामो समयपछि अस्पत्तालको रुपमा स्तरोन्ती भएसंगै पश्चिम बागलुङका नागरिक सुखि भएका छन ।

कार्यक्रममा राजनैतिक दलका प्रतिनिधी, विभिन्न संघसंस्था, विद्यालय, आमा समुह, स्वास्थ कर्मी, कलाकर्मी लगाएत हजारौँको सँख्यामा प्रतिनिधीत्व र उपश्थिती रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img