नेपाली काङ्ग्रेसले १ सय दिने विशेष साङ्गठनिक अभियान बागलुङको क्षेत्र नम्बर २ मा सुरु भएको छ ।
बुधबार बुर्तिबाङमा सम्पन्न पार्टीको क्षेत्रीय कार्यसमिति सहितको बैठकले पार्टीले २०८१ असोज १ गतेदेखि पौष १० गतेसम्म विशेष साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय बमोजिम केन्द्र र जिल्लाको परिपत्रलाई मध्यनजर राख्दै मंसिर १० गतेदेखि १५ गतेसम्म क्षेत्र नम्बर २ का ६ वटै पालिकामा कार्यक्रम गर्ने निर्णय गरिएको क्षेत्रीय सभापति जोक लाल बुढाले बताउनु भयो । वडा तहमा मंसिर ६ गतेदेखि नै प्रतिनिधि पुग्ने र कार्यक्रम सुरु भएको जनाईको छ ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईँको प्रमुख आतिथ्यता मा आयोजित कार्यक्रममा प्रमुख अतिथी हुमा गाईले बोल्दै पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन अभियान सञ्चालन गर्ने बताउनु भयो ।
त्यस्तै अभियानका दौरान विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन पनि अभियान गर्न लागिएको उल्लेख गर्नुभयो ।
अभियानबाट नेपाली कांग्रेसका सबै भातृ संगठनलाई ऊर्जाशील वनाउने र सबै नेता कार्यक्रता सकृय पुर्वक लाग्न जिल्ला सभापती जित बहादुर शेरचनले बताउनु भयो । पार्टीका जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित र व्यवस्थित गर्ने लगायतका साङ्गठनिक कार्यमा केन्द्रित हुने क्षेत्रीय सभापती जोकलाल बुढाको भनाई छ ।
पालिका र सबै वडा तहमा गरिने कार्यक्रमलाई समय छनौट गरिएको छ । पालिका तहमा हुने कार्यक्रम अन्र्तगत मंसिर १०गते गल्कोट नगरपालिकामा हुने छ । उक्त कार्यक्रमलाई केन्द्रिय महाधिवेशन प्रतिनिधी सागर छन्त्यालले सम्बोधन गर्नुहुने छ ।
११ गते वडिगाड गाउँपालिकामा केन्द्रिय महाधिवेशन प्रतिनिधी मञ्जेश वम मल्ल, १२ गते ढोरपाटन नगरपालिका जिल्ला उपसभापती तारानाथ पौडेल, १३ गते तमानखोला गाउँपालिका जिल्ला सचिब गण्डकी थापा अधिकारी, मंसिर १४ गते ताराखोला गाउँपालिका फम बहादुर खत्री र १५ गते निसीखोला गाउँपालिका रेनुका काउचाले सम्बोधन गर्ने कार्यतालिका तय गरिएको हो । त्यस्तै वडा तहमा समेत कार्यक्रम गर्ने निर्णय भएको जनाइएको छ ।