मंसिर ७ गते बुर्तिबाङ
लामो समय देखि निर्माणको जिम्मा पाएको कम्पनीले समयमा काम सम्पन्न नगर्दा अलपत्र अवस्थामा रहेको सालझण्डी ढोरपाटन सडक खण्ड अन्तर्रगतको बुर्तिबाङ– ढोरपाटन खण्डको २२ किलोमिटर सडक निर्माणको कामले गति लिने भएको छ ।

स्वच्छन्द ,ओम बुद्ध जेभी दुई निर्माण कम्पनीले जिम्मा लिई सडक निर्माणको काम थालेको तिन वर्ष बितिसक्दा समेत कामले गति नलिएपछि पुनह पौष मसान्त सम्मको म्याद थपको समयलाई मध्यनजर राख्दै स्वच्छन्द निर्माण कम्पनीले जिम्मा लिनेगरि हिरादेवी कन्ट्रक्सनका प्रतिनिधि दाल बहादुर कुवँरलाई सडक ग्राभेलिङ सहित बाँकी रहेको काम सम्पन्न गर्न जिम्मेवारी दिएको छ ।


उक्त कम्पनीले शुक्रबार देखि काम सुरु गरेको छ । हालसम्म ओम बुद्ध जेभिले काम गर्दे आइरहेकोमा उक्त कम्पनीले समयमा काम गर्न नसकेपछि उक्त सम्झौता तोडेर स्वच्छन्द निर्माण कम्पनीले आयोजना कार्यालय संग सम्झौता गरेर तत्काल काम अगाडि बढाउने गरि कुवँरलाई निर्माणको जिम्मा दिएको सालझन्डी ढोरपाटन सडक आयोजना कार्यालयका प्रमुख गागल बहादुर भण्डारी ले जानकारी दिनुभयो ।
आगामी पौष मसान्त सम्म म्याद थप गरिएको उक्त आयोजनामा म्याद सकिन अब दुई महिना मात्र बाँकी रहेको छ । अबको दुई महिनामा काम सन्तोषजनक भएमा म्याद थप हुने र काम नभएको खण्डमा सम्झौता तोडेर नयाँ प्रकृयामा जान कार्यालय बाध्य हुने कार्यालय प्रमुख भण्डारीले बताउनु भयो ।
हालसम्मको प्रगति अनुसार ३० प्रतिशत हाराहारीमा मात्रै काम भएको पाइएको छ । विभिन्न ठाउँमा कल्भर्ट निर्माण र स्टक्चरको मात्र काम भएका कारण बाँकी काम निरन्तर सुरु भएमा आगामी असार मसान्त सम्म म्याद थप गरेर भएपनी योजना सम्पन्न गर्ने तयारीमा कार्यालय रहेको बताउनु भयो । यता सडक निर्माणको जिम्मा पाएका डाल बहादुर कुवँरले आवश्यक मेसिनरी सामाग्री, इक्युपमेन्ट लगायतको व्यवस्थापन भइरहेका कारण अब धमाधम काम हुने बताउनु भयो ।
आफूलाई सबै निकायबाट सहयोग भएमा असार मसान्त सम्म काम सम्पन्न गरेर छाड्ने कुवँरको प्रतिबद्धता रहेको छ ।
ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ,संघर्ष समितीको पदाधिकारी लगाएतको उपश्थितीमा स्थलगत अध्यन गर्दे सडक निर्माणको कामको सन्दर्भमा सहजिरकण गरिएको बताउनु भयो ।
हामीहरुले अब काम हुनेमा विस्वस्त हुँदै आवस्यक सहयोग पनी गरिरहेका छौँ फेरी पनी सन्तोष जनक काम नभएमा कार्वाहीका लागी आवस्यक प्रकृया अगाडी बढाउन पहल गर्ने बताउनु भयो । निर्माण कम्पनीले स्टान्डर्ड ग्राभेलिङ सहित बुर्तिबाङ देखि ढोरपाटन खण्डको २२ किलोमिटर सडक निर्माण गर्नुपर्ने छ ।
लामो समयदेखि सडक जिर्ण हुँदै गर्दा स्थानीय नागरिक देखि ढोरपाटन पुग्ने प्रर्यटकले निरन्तर शास्ती खेप्दै आइरहेका छन । पटक पटक मन्त्रालय, आयोजना कार्यालय र निर्माण कम्पनीलाई ताकेता गरिरहँदा पुन काम सुचारु भएको बताउँदै पौष सम्म राम्रो काम भएमा यसै कम्पनीलाई म्याद थप गरी आगामी असार मशान्त सम्म काम सक्ने गरी म्याद थपका लागी पहल गरिने र काम नभएमा कार्वाही प्रकृया अगाडी बढाएर अर्का विकल्प खोजिने गण्डकी प्रदेश सांसद दोर्ण कुमार कुवँरले बताउनु भयो ।
आफुले फल्लेघर देखि ढोरपाटन सम्म १२ किलोमिटर सडक कालोपत्रेका निम्ती निरन्तर पहल गरिरहेका कारण उक्त क्षेत्रमा पनी चाँडै काम हुने बताउनु भयो । सालझण्डी ढोरपाटन सडक अन्र्तगत ढोरपाटन नगरपालिका ९ फल्लेघर देखि ढोरपाटन सम्म १२ किलोमिटर खण्ड आयोजनाको हालसम्म स्टेमिटरमा थिएन ।
सडक निर्माणका निम्ती सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउन संघर्ष समितीनै गठन भएको छ । स्थानीय तह , यस क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य माननिय लगाएतको सक्रिय पहलमा सरकार, निर्माण कम्पनी र आयोजना कार्यालयलाई ध्यानाकर्षण गराइराखेको अवस्था छ ।










