उत्तर गंगा माविमा प्रार्थना व्यवस्थापन र असल बिद्यार्थी तथा अभिभावकत्व व्यवस्थापन उत्प्रेरणा कार्यक्रम


असोज २ गते
बुर्तिबाङको उत्तर गंगा नमूना माध्यामिक विद्यालयमा बुधबार देखि तिन दिने प्रार्थना व्यवस्थापन र असल विद्यार्थी तथा अभिभावकत्व व्यवस्थापन उत्प्रेरणा कार्यक्रम सुरु भएको छ ।
बुधबार देखि शुक्रबार सम्म सञ्चालन हुने कार्यक्रमको बुटवल रुद्रावती कालीका माध्यमिक विद्यालयका प्रशिक्षक हरिश ओलीले प्रशिक्षण दिनुहुने छ ।
कार्यक्रममा प्रार्थना व्यवस्थापन तथा अनुशासन सम्बन्धी उत्प्रेरणा ,बिहीबार कलाको संरक्षण ,शिक्षक र व्यवस्थापन समितिहरूलाई शैक्षिक उत्प्रेरणा  र शुक्रबार अभिभावकत्व उत्प्रेरणा तथा जागरण सम्बन्धी  प्रशिक्षण  दिने कार्यक्रम तय भएको जनाइएको छ । ढोरपाटन नगरपालिका १ र २ का विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीको कार्यक्रममा सहभागिता रहेको छ ।
उत्तरगंगा माध्यमिक विद्यालयको आयोजनामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, समाजसेवी बुद्धिजीवी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता,  विद्यालयका प्रधानाध्यपक ईश्वरी प्रसाद पौडेल ,शिक्षक लोकेन्द्र सुनारको मन्तव्य , विद्यालय व्यवस्थापन समितिका सदस्य गोपाल महतको स्वागत मन्तव्य, विद्यालयका सह प्रधानाध्यापक हरिचन पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित