असोज २ गते बुर्तिबाङ
पश्चिम बागलुङको बुर्तिबाङ बजारमा परापूर्वकालदेखि लाग्दै आएको ऐतिहासिक कोजाग्रत पूर्णिमा मेला आगामी कात्तिक १ देखि ७ गतेसम्म हुने भएको छ ।
क्लबको २२ औँ वार्षिकोत्सवका अवसरमा कोजाग्रत पूर्णिमा मेला तथा पालिका कप सञ्चालन गर्न लागिएको क्लब अध्यक्ष मिथुन विश्वकर्माले बताउनु भयो ।
क्लबले विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने गरी पुरस्कार राशि समेत तय गरेको छ । खुल्ला पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार दुई लाख २ हजार २२२ दिर्तिय १ लाख १ हजार १११ रहेको हो । त्यस्तै खुल्ला सामूहिक नृत्य तर्फ क्रमश ५१,१११ र २५,१११ प्रथम र दिर्तिय पुरस्कार राशि तोकिएको छ ।
खुल्ला एकल नृत्य, पुरुष महिला रस्साकस्सी, पुरुष महिला छेलो, खुल्ला आईटीएफ तेक्वान्डो, ४० बर्ष माथिको भेट्रान्स, कृषि प्रर्दशनी जस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको क्लब अध्यक्ष मिथुन विश्वकर्माले बताउनु भयो ।
क्लबले विभिन्न कार्यक्रमको पुरस्कार तर्फ ६ लाख ६ हजार बराबरको खर्च गर्ने भएको हो ।