अखिल नेपाल जनजाति सम्मेलन दोश्रो ढोरपाटन नगर भेला मङ्गलबार सम्पन्न भएको छ । ओम प्रसाद बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय अध्यक्ष निम बहादुर बुढाथोकीको प्रमुख आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको छ ।
सम्मेलनबाट कुल बहादुर छन्त्यालको अध्यक्षतामा ९ पूर्ण ३ सल्लाहकार समितिको गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा निम बहादुर बूढा, सचिव नारायण घर्ति, कोषाध्यक्ष मिना बुढा, सदस्यहरूमा चन्द्रलाल छन्त्याल, इन्द्रमान छन्त्याल, सुमन घर्ति,यमुना पुन रहनु भएको छ । १ पद रिक्त रहेको जनाइएको हो ।
त्यस्तै सल्लाहकार समितिमा तम बहादुर घर्ती, ओम बहादुर घर्ती, ओम प्रसाद बुढा रहनु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिले बोल्दै राजनैतिक पार्टीले एजेन्डा भन्दा बाहिर देशलाई बर्बाद पारिरहेको बताउँदै देशमा जातिय समस्या भन्दा पनी वर्गिय समस्या रहेको बताउँदै देशलाई निकास दिन राजनैतिक दलहरू सुर्धिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राजमो केन्द्रिय सदस्य गोरीश्वर पाण्डे, जनसांस्कृतिक अभियानका केन्द्रिय सचिब सहविन अर्गजा, अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य टिका बहादुर पुन, अखिल नेपाल युवक संघ जिल्ला सदस्य इन्द्र मान छन्त्याल, अखिल नेपाल महिला संघ ढोरपाटन नगर अध्यक्ष धन कुमारी कुवँर , जातीय समता समाज केन्द्रिय सदस्य नर बहादुर सुनार लगाएतको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रम नारायण घर्तिको स्वागत, कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको हो ।