निसीखोलामा सञ्चालित स्वास्थ्य शिविरबाट पहिलो दिन करिब पन्ध्र सय नागरिकले लिए  निःशुल्क सेवा ।

बागलुङको निसीखोला गाउँपालिकाको वडा नं. ३ बोहोरागाउँमा  शुक्रबार देखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको भएको छ ।

निसीखोला गाउँपालिका र कर्मफ्लाईटस् फाउन्डेसन पोखराको संयुक्त आयोजनामा शिविर सुरु भएको हो । शिविरको पहिलो दिन पालिका भरका एक हजार चारसय ५१ जना नागरिकको स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको छ ।

जसमध्ये ६ सय ६५ जनाको आँखाको चेकजाँच गर्दा ३२ जनाको मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने भएको हो ।त्यस्तै महिला सम्बन्धी रोग र अन्य समस्याको चेकजाँच तथा उपचार गराउनेको संख्या ७८६ जना रहेको पाइएको छ । निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले बिहान उद्घाटन गर्दे शिविरको शुभारम्भ गर्नुभयो ।

अध्यक्ष घर्तीले बोल्दै निसीखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो लगानी गरिरहेको बताउनु भयो । सबै नागरिकको स्वास्थ्य बीमा कार्यक्रम देखि लिएर प्रत्यक बर्ष यस्ता शिविरको आयोजना गरिएको बताउँदै मानिस स्वास्थ्य भएमा मात्र प्रगति हुने बताउँदै सबैलाई स्वास्थ्य राख्न र आर्थिक अभावकै कारण वा चेतना अभावका कारण रोग लुकाएर बस्नुपर्ने बाध्यताको अन्त्य गर्नका निम्ति शिविरको आयोजना गरिएको बताउनु भयो ।

शिविरमा निसीखोला गाउँपालिका अन्तरगत  ७ वटै वडाबाट नागरिकको उल्लेखनीय सहभागिता रहेको र भोलि सम्म करिब दुई हजार नागरिकले सेवा लिने अपेक्षा रहेको वडा नं. ३ का अध्यक्ष तथा शिविर संयोजक रमेश विक्रम शाहीले बताउनु भयो । शिविरमा बरिष्ठ डाक्टरबाट स्वास्थ्य परिक्षण तथा वरिष्ठ आँखा रोग विशेषज्ञबाट आँखा परिक्षण साथै मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीका निम्ति जेठ २९,३० र ३१ गते शल्यक्रिया हुने भएको हो ।

शिविरमा आँखा रोग विशेषज्ञहरूद्वारा आँखा जाँच ,आवश्यक पर्नेलाई चस्मा वितरण र मोतिया बिन्दुको शल्यक्रिया गर्ने, वरिष्ठ फिजिसियन द्धारा स्वास्थ्य परिक्षण, महिला तथा प्रसुती रोग , सामान्य चिकित्सा तथा पेट, हाडजोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ उपचार सेवा साथै भिडियो एक्सरे, एसीजी, दिशा, पिसाब, ब्लड, सुगर जाँच लगायतका सेवा नागरिकले प्राप्त गरिरहेका छन ।

शिविरमा खटिनुभएका डा. रचना सुवेदीका अनुसार अधिकांश महिलामा सेतो पानी बग्ने, पाठेघरको समस्या रहेको बताउँदै अझैपनि रोग लुकाएर बस्ने चलन गाउँमा प्रबल देखिएको बताउनु भयो ।

शिविरमा निसीखोला गाउँपालिका र कर्मफ्लाईटस् फाउन्डेसन पोखराको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ । यस्तो शिविरबाट यहाँका नागरिकले प्रत्यक्ष सेवा प्राप्त गरिरहेको कर्मफ्लाईटस् फाउन्डेसन कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँरले बताउनु भयो । शिविरमा हिमालय आँखा अस्पताल, आई केयर, बुर्तिबाङ स्वास्थ्य केन्द्र, धवलागिरी अस्पताल, पर्वत अस्पतालको प्राविधिक सहयोग रहेको छ ।

त्यस्तै प्रभा माध्यमिक विद्यालय, स्थानीय समाजसेवी , स्थानीय स्वास्थ्य कर्मीको सहयोग रहेको पाइएको छ । शिविरमा बढि मात्रामा ज्येष्ठ नागरिक र महिलाको सहभागिता रहेको छ ।

शिविरमा सहभागि नागरिकले यस्तो महत्वपूर्ण शिविर सञ्चालन हुँदै गर्दा पैसा खर्च नगरी घर छेउबाटै उपचार सुविधा पाउँदा आफूहरू खुसी भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित