आगामी विकास निर्माण ,योजना र राय लिन जनता सँग सांसद दोर्ण र दिलमाया ।

 जेठ २ गते बुर्तिबाङ

गण्डकी प्रदेश सभाका सदस्य माननीय दोर्ण कुमार कुवँर र माननीय दिलमाया पौवीले आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय नागरिक, समाजका अगुवा व्यक्ति र राजनैतिक दलका प्रतिनिधि सँग भेटघाट एवम् आगामी विकास योजनाका सन्दर्भमा सुझाब संकलन र भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन ।

गण्डकी प्रदेश सरकारबाट आगामी आर्थिक बर्ष २०८१÷०८२ को निती कार्यक्रम बजेट ल्याउने तयारी हुँदै गर्दा सांसद दय कुवँरपौवीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको अपेक्षा, सुझाव संकलन गर्दे कस्ता योजनालाई प्राथमिकता दिने भन्ने सन्दर्भमा छलफल एवम् भेटघाट कार्यक्रमलाई तिव्रता दिइएको पाइएको हो ।

बुधबार ढोरपाटन नगरपालिकाको ढोरपाटन उपत्यकाबाट अभियानको सुरुवात गरेका सांसदहरुले १ देखि ९ सम्मका सबै वडामा पुग्ने र निसीखोला गाउँपालिका तमानखोला गाउँपालिकाका नागरिक समक्ष पनि पुग्ने गरी कार्यक्रम अगाडि बढाएका हुन । ढोरपाटन उपत्यकामा पुग्दै गर्दा अधिकांश नागरिकले सालझण्डी ढोरपाटन सडक अन्तरगत बुर्तिबाङ ढोरपाटन सडकलाई तदारुकताका साथ ध्यान दिन सुझाब दिएका हुन ।

नागरिकले सडक, खानेपानी, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा आफ्नो माग र धारणा राखेका हुन । स्थानीय तह अन्तरगत वडा, पालिका, तथा प्रदेश र संघले गर्ने विकासको सन्दर्भमा जनप्रतिनिधिहरू बिच छलफल गरेर आवश्यकता र महत्वपूर्णता लाई हेरेर विकास योजनाको छनौट गर्नुपर्नेमा नागरिकको सुझाब छ ।

त्यस्तै बिहिबार निसीखोला गाउँपालिकाका नागरिक संग छलफल एव्म भेटघाट कार्यक्रम गरिएको छ । निसीखोला गाउँपालिका कार्यालयमा सर्वदलिय सर्वपक्षिय रुपमा भेटघाट एव्म छलफल भएको छ । नागरिक, राजनैतिक दल र जनप्रतिनिधीले् माननियहरुलाई आफनो सुझाब र धारणा राखेका हुन । त्यस्तै शुक्रबार तमानखोला गाउँपालिकामा कार्यक्रमको तय गरिएको जनाइएको छ ।

सांसद सहितको कार्यक्रममा स्थानीय जनप्रतिनिधिको समेत सहभागिता रहेको छ । सांसदहरुले जनताको अपेक्षा, सुझाब र आवश्यकतालाई प्राथमिकता दिएर योजनाको छनौट गर्ने र बजेटमा प्राथमिकता दिने बताएका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित