सडक ढलानमा कमसल बालुवा राख्न खोजिएपछि वडा अध्यक्षले फालिदिए ।

बैशाख ३० गते 

बागलुङको ढोरपाटन नगरपालिका २ टारिखेत स्थित नयाँ शहर आयोजना कार्यालय मार्फत निर्माण भइरहेको सडक ढलानको क्रममा कम गुणस्तरको बालुवा राख्न खोजिएपछि ढोरपाटन नगरपालिका २ का वडा अध्यक्ष भेक बहादुर खत्रीले उक्त मेटेरियल्स सडकमै पोखिदिएका छन ।

शनिबार साँझ सडक ढलानका लागि लगिएको बालुवा माटो सहित कम गुणस्तरको भएपछि नयाँ शहर आयोजनाका प्राविधिकले प्रयोग नगर्न आग्रह गरेका थिए । यस भन्दा पहिले समेत सोही सडकमा कम गुणस्तरको सामाग्री राख्न खोजिएपछि पटक पटक राख्दै आएकोमा निर्माण कम्पनीले बेवास्ता गर्दे गएको पाइएको छ ।

नयाँ शहर आयोजना मार्फत ढोरपाटन नगरपालिका २ टारीखेतमा सडक ढलानको काम गरिरहेको सिर्जना कन्जक्सुम जेभी काठमाण्डौले निर्माणको जिम्मा पाएको थियो । कुल पचास लाख लागतमा ठेक्का सम्झौता भएको उक्त सडक दुई सय मिटर चौडा ढलानको काम भइरहेको नयाँ शहर आयोजनाका सव इन्जिनियर सूचित सुवेदीले बताए ।

निर्माण कम्पनीले पटक पटक कम गुणस्तरको बालुवा राखेर सडक ढलान गर्न खोजेको भन्दै वडा अध्यक्ष खत्रीले बालुवा सडकमै जेसिवी को सहायताले पोखिदिएका हुन । आफ्नो गाउँ टोलमा हुने भौतिक संरचनामा स्थानीय नागरिकले समेत ध्यान दिन र मनोमानी गरेमा खबरदारी गर्न समेत आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित