ढोरपाटनमा मेयर कप प्रोफेसनल आईटीएफ तेक्वान्डो राष्ट्रिय प्रतियोगिता सुरु  ।

बैशाख ७ गते बुर्तिबाङ
बागलुङको ढोरपाटनमा दुई दिने मेयर कप प्रोफेसनल आईटीएफ तेक्वान्डो राष्ट्रिय प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ ।
बागलुङ जिल्ला आईटीएफ तेक्वान्डो संघको आयोजनामा ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा सुरु भएको प्रतियोगितामा देशका ७ प्रदेश, ३ विभाग , १ आयोजक गरी ११ टिमबाट ब्ल्याकबेल्ट प्राप्त राष्ट्रिय स्तरको गेम खेलिसकेका खेलाडीको सहभागिता रहेको हो ।
शुक्रबार आयोजित कार्यक्रमलाई संघीय सांसद तथा पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सम्बोधन गर्दे खेल क्षेत्रको विकास भएमा मात्र राष्ट्रको विकास हुने भएका कारण तीनवटै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनु भयो ।


सांसद पौडेलले थप बोल्दै आफू विदेशका धेरै ठाउँमा जाँदा समेत खेलक्षेत्रबाट धेरै प्रगति भइसकेको बताउँदै नेपालमा खेलकुदको सम्भावना प्रचुर रहेका कारण त्यसको व्यवस्थापनका निम्ति राज्यकै तीनवटै तहले कार्यक्रम अगाडि ल्याउनु पर्ने बताउँदै आफूले समेत त्यसका निम्ति पहल गर्ने बताउनु भयो । फरक प्रसंगमा बोल्दै सांसद पौडेलले ढोरपाटन सालझण्डी ढोरपाटन सडक समयमा निर्माण सम्पन्न हुन नसक्दा प्रर्यटन प्रर्वधनमा समस्या भइरहेको बताउँदै ढोरपाटनको विकास,सडक निर्माण, बुर्तिबाङमा ५० शैयाको प्रदेश स्तरीय अस्पत्ताल निर्माणको काममा आफुले सक्रिय रुपमा भुमिका खेल्ने बताउनु भयो


कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै ढोरपाटन क्षेत्र खेलकुद क्षेत्रमा अगाडि रहेको र खेलकुद स्वास्थ्यका लागी र राष्ट्रका लागी महत्वपूर्ण गहना भएका कारण नगरपालिकाले खेलकुद क्षेत्रमा पर्याप्त लगानी गरिरहेको बताउनु भयो ।
खेलकुद क्षेत्रलाई राज्यले अवहेलना गरेका कारण खेलाडीमा लुकेर रहेको प्रतिभा प्रस्फुटनमा अवरोध भइरहेको बताउँदै तीनवटै तहका सरकारले यसलाई प्राथमिकता दिनुपर्नेमा जोड् दिनुभयो ।

कायतले प्रर्यटकिय गन्तब्य ढोरपाटनको विकास र समृद्धिका निम्ती राज्यले ध्यान दिन नसकीरहेको बताउँदै संघ र प्रदेशबाट निर्वाचित साँसदहरुले ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गराउँदै सालझण्डी ढोरपाटन सडक समयमा निर्माण नभएका कारण यहाँका नागरिकले निरन्तर सास्ति खेपिरहेको बताउँदै निर्माण कम्पनीको गैर जिम्मेवारी र राज्यले खबरदारी गर्न नसक्दा समयमा काम नभएको बताउनु भयो ।

कार्यक्रममा नेपाल अन्तराष्ट्रिय टेक्वान्डो महासंघ केन्द्रीय अध्यक्ष प्रविण कुमार कार्कीको समेत शुभकामना मन्तव्य रहेको थियो ।
प्रतियोगितामा प्रत्यक टिमबाट समान दुई पुरुष र महिला खेलाडीको बिचमा प्रतिस्पर्धा रहेको छ । कुल ४४ खेलाडीले दुई स्वर्णपदक, ट्रफी र नगद पुरस्कार प्राप्त गर्नुहुने छ । महिला र पुरुष दुबै तर्फ च्याम्पियनले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्ने छन ।

प्रोफेसनल फाइटमा महिला तर्फ ५०–५७ केजी तौल समुह र पुरुष तर्फ ५५–६२ केजी तौल समुह बिच प्रतिस्पर्धा भइरहेको छ । कार्यक्रममा नेपाल अन्तराष्ट्रिय टेक्वान्डो महासंघ केन्द्रीय अध्यक्ष प्रविण कुमार कार्की , नेपाल अन्तराष्ट्रिय टेक्वान्डो महासंघ केन्द्रीय उपाध्यक्ष तथा रेफ्रि प्रमुख राज मन्दिप श्रेष्ठ लगायत केन्द्रिय र प्रदेश समितिका पदाधिकारीको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित