व्यवस्थित खेलमैदान र पुल निर्माण नगरेसम्म तमानमा पाइला पनि राख्दिन सांसद कुँवर ।

बैसाख ७ गते तमान

तमान गाउँमा व्यवस्थित पालिका स्तरीय खेल मैदान र पुल निर्माण नगरेसम्म आफूले पाइला पनि नटेक्ने गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले प्रतिबद्धता जनाउनु भएको छ ।

बिहीबार तमान गाउँमा सञ्चालित तमानखोला फुटबल कप तथा चैत्राष्टमी मेलाको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे सांसद कुवँरले लामो समयदेखि अलपत्र अवस्थामा रहेको पालिका स्तरीय खेलमैदान तथा फुटबल ग्राउन्ड बजेट अभावकै कारण अलपत्र स्थानीयले बताएपछि सांसद कुवँरले कार्यक्रममा उद्घोष गर्दे भन्नुभयो अब आफूले जसरी पनि खेलमैदान निर्माणलाई पूर्णता दिने र तमान गाउँमा रहेको झलुङगे पुल समेत जीर्ण रहेका कारण ट्रस्ट पुल निर्माण गरेर मात्रै यस ठाउँमा पाइला टेक्ने प्रतिबद्धता जनाउनु भएको हो ।

सांसद कुवँरले थप बोल्दै तमानखोला गाउँपालिका सँग आफ्नो निकट सम्बन्ध रहेको र यहाँको भूगोल , समुदाय, लगायत विकास निर्माणका सन्दर्भमा धेरै काम आफूले गरिरहेको बताउँदै अझै धेरै काम गर्ने बताउनु भयो । तमान खोलाका नागरिकलाई चाँडै कालोपत्रे सडकमा सवारीमा ओडेर हिँड्ने बनाउन काम भइरहेको बताउँदै चाँडै यहाँका नागरिकले सहज सडक पहुँचमा पुग्ने बताउनु भयो ।

तमान युवा क्लब उपाध्यक्ष प्रकाश पुनको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, वडा नं. ३ का अध्यक्ष झक बहादुर बूढा , वडा नं. ५ का अध्यक्ष हिरा बहादुर सिर्पाली, तमानखोला गाउँपालिका प्रशासन शाखा प्रमुख मुना विश्वकर्मा , मेला संयोजक गिर बहादुर घर्ति, लगाएतको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो । तमानखोला गाउँपालिकाको आयोजना तमान युवा क्लबको व्यवस्थापक तथा सह आयोजनामा फुटबल कप तथा चैत्राष्टमी मेला सुरु भएको हो ।

मेलाका अवसरमा फुटबल प्रतियोगिता, पुरुष महिला भलिबल प्रतियोगिता, ताराखेल, भेट्रान्स , पुरुष महिला छेलो, रस्साकस्सी, कर्मचारी जनप्रतिनिधि बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता लगायतका कार्यक्रम सुरु भएका हुन । बिहीबार आयोजित औपचारिक कार्यक्रम बसन्त घर्तिले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित