सकियो निसीखोला तेस्रो अध्यक्ष कप एवम् चैत्राष्टमी मेलाः पुरुष भलिबलको उपाधि निसीखोला ३ लाई । 


बैशाख ५ गते बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिका १ देविस्थानमा सञ्चालन भएको तेस्रो निसीखोला गाउँपालिका अध्यक्ष कप खेलकुद सांस्कृतिक कार्यक्रम एवम् चैत्राष्टमी मेला हिँजो सम्पन्न भएको छ ।
आयोजित कार्यक्रमका अवसरमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि निसीखोला गाउँपालिका वडा नं. ३ ले हात पार्न सफल भएको छ । फाइनल खेल निसीखोला वडा नं.संग  प्रतिस्पर्धाका बिच वडा नं. ३ प्रथम स्थान हासिल गर्न सफल भएको हो । प्रथम हुने समुहले एकलाख पचास हजार , ट्रफी, कप, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै दिर्तिय हुने समुह वडा नं. २ ले नब्बे हजार ट्रफी, कप, मेडल र प्रमाणपत्र हात पारेको छ ।


सान्त्वना दुई समुह निसीखोला १ र वडा नं. ३ ढाँडखर्क समुहलाई नगद पन्द्र÷पन्द्र हजार सान्त्वना पुरस्कार सहित ट्रफी, कप, मेडल र प्रमाणपत्र उपलब्ध गराइएको छ ।
त्यस्तै महिला भविवल प्रतियोगितामा गोरुजुरे फाउन्डेसन अभियान निसीखोला गाउँपालिका ३ ले प्रथम स्थान हासिल गरेको छ ।
द्विर्तीयमा तमानखोला गाउँपालिका वडा नं. १ भएको हो । ३५ बर्ष भन्दा माथि उमेर समुहको भेट्रान्स प्रतियोगिता तर्फ गल्कोट नगरपालिका प्रथम र निसीखोला ३ ढाँडखर्क समुह द्विर्तीय भएको छ ।
कार्यक्रमका अवसरमा जनप्रतिनिधि कर्मचारी बिच मैत्रीपूर्ण भलीवल प्रतियोगिता तर्फ जनप्रतिनिधि समुह उत्कृष्ट भएको छ । आईटीएफ तेक्वान्डो, २२ समुहमा आमा समुहको नृत्य ,नौमती पञ्चेबाजा, सोरठी , लघुउद्यम प्रर्दशनी लगायतका प्रस्तुती सहित विविध खेलकुद एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।


आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दे निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले निसीखोला गाउँपालिकाको कला, संस्कृति खेलकुदको विकास र प्रर्वद्धनका र स्थानीय उत्पादनको प्रर्वद्धनका निम्ति यस्ता कार्यक्रमले महत्वपूर्ण स्थान दिने बताउँदै निसीखोला गाउँपालिका कला संस्कृर्ति, खेलकुद क्षेत्रमा अब्बल बन्दै गइरहेका कारण त्यसको जर्गेना र संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो ।
निसीखोला गाउँपालिका खेलकुद विकास समिति संयोजक राजमान बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, समाजसेवी लगायतको आतिथ्यता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित