देविस्थानमा सञ्चालित तेस्रो गाउँपालिका अध्यक्ष कप तथा चैत्राष्टमी मेलाको भोली उद्घाटन सँगै फाइनल खेल हुने ।

बैसाख ३ गते बुर्तिबाङ

निसीखोला गाउँपालिका तेस्रो अध्यक्ष कप तथा चैत्राष्टमी मेला आज चौँठो दिन पनि विभिन्न कार्यक्रम भएका छन ।

भोलि चैत्राष्टमीको अवसरमा निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति द्धारा उद्घाटन हुने कार्यक्रमको आजसम्म आइपुग्दा पुरुष महिला भलिबल खेल प्रतियोगिता भएको हो ।

१९ समुहको नाम दर्ता रहेको वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा निसीखोला गाउँपालिका वडा नं. ३ बोहोरागाउँ र निसीखोला गाउँपालिका २ फाइनलमा प्रवेश गरेका छन ।

३५ वर्ष भन्दा माथिको पुरुष भलिबल प्रतियोगिता तर्फ ढोरपाटन नगरपालिका २ र गल्कोट नगरपालिका बिचको खेलबाट गल्कोट नगरपालिका फाइनल चरणमा प्रवेश गरेको छ ।

त्यस्तै निसीखोला गाउँपालिका वडा नं. १ र वडा नं.विच एक ÷एक सेट हात पार्दै गर्दा समय अभावका कारण भोलि सञ्चालन हुने गरि खेल स्थगित गरिएको हो । खुल्ला महिला भलिबल प्रतियोगिता तर्फ ४ समुहको सहभागिता रहेकोमा गोरुजुरे फाउन्डेसन समुह ए र म्याग्दी फाइनलमा प्रवेश गरेका छन ।

भोलि कार्यक्रमको उद्घाटन सहित पुरुष महिला फाइनल खेल, ३५ बर्ष माथि उमेर समुहको भलिबल खेल, दोहोरी गीत, पुरुष महिला छेलो, रस्साकस्सी, नौमती पञ्चेबाजा, आमा समुहको साँस्कर्तिक प्रस्तुती, लगायतका कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित