बागलुङको गल्कोट देखि निसीको भल्कोट सम्म नगरबस सञ्चालन गरिने ।

बैशाख २ गते बुर्तिबाङ

बागलुङको गल्कोट नगरपालिका देखि निसीखोलाको भल्कोट सम्म नगरबस सञ्चालन गर्ने निर्णय भएको छ ।

आइतबार बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाको अध्यक्षतामा चार पालिकाको प्रमुख उप प्रमुख सहित बसेको बैठकले मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने बागलुङको गल्कोट नगरपालिकाको सिमाना घोँडाबाँदे देखि निसीखोला गाउँपालिकाको सिमाना सम्म सिधा नगरबस सञ्चालन गर्ने विषयमा छलफल भएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो ।

नागरिकलाई सहज, सरल र सस्तो सेवा प्रवाह गर्ने उद्देश्य सहित चारवटा पालिका मिलेर बस खरिद गर्ने र दैनिक सेवा प्रवाह गर्ने गरी छलफल हुनुका साथै सम्भाव्यता अध्ययन समिति समेत गठन गरिएको छ । गल्कोट नगरपालिका प्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति पालिकाका उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्ष लगायतको बैठकले नगरबस चाँडै सञ्चालनमा ल्याउने निर्णय गरेको हो 

बैठकले गल्कोट नगरपालिका अध्यक्ष फमबहादुर खत्री संयोजक रहेको ५ सदस्य सम्भाव्यता अध्ययन समिति समेत गठन गरेको छ । समितिको सदस्यमा ढोरपाटन नगरपालिकाबाट वान बहादुर छन्त्याल, निसीखोला गाउँपालिकाबाट चन्द्रसिंह रामजाली, बडिगाड गाउँपालिकाबाट विष्णु प्रसाद आर्चाय, सदस्य सचिब मा बडिगाड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर घर्तिलाई चयन गरिएको हो ।

त्यस्तै बैठकले छिमेकी पालिका सँग सम्मोन्य गरेर फोहोर व्यवस्थापन क्षेत्रको समेत चाँडै स्थान खोजी गरि पश्चिम बागलुङका पालिकाहरूको एकै स्थानमा फोहोर व्यवस्थापन स्थल बनाइने विषयमा समेत छलफल भएको छ । केही दिनमै गल्कोट नगरपालिकामा बैठक बसेर यसको विषयमा टुंगो लगाउने अध्यक्ष थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित