बैसाख १ गते देविस्थान
निसीखोला गाउँपालिका वडा नं. १ को देविस्थान बजारमा चैते दशै मेला तथा निसीखोला गाउँपालिका तेस्रो अध्यक्ष कप शनिबार देखि सुरु भएको छ ।
परापूर्व कालदेखि चैते दशैँको अवसरमा मेला लाग्दै आएको उक्त स्थानमा यसवर्ष निसीखोला गाउँपालिका तेस्रो अध्यक्ष कप संगै विभिन्न खेलकुद एव्म सांस्कृतिक कार्यक्रम सुरु भएको हो । शनिबार नयाँ वर्षको अवसरमा गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ती लगायतको उपश्थितीमा शुभकामना आधान प्रदान कार्यक्रम संगै विविध खेलकुदका कार्यक्रम सुरु गरिएको हो । आयोजित प्रतियोगिता अन्तरगत ३५ बर्ष माथिको पुरुष भलिबल प्रतियोगिता तर्फ निसीखोला गाउँपालिका वडा नं. २ लाई पराजित गर्दे निसीखोला गाउँपालिका ३ अघिल्लो चरणमा प्रवेश गरेको छ ।
त्यस्तै ढोरपाटन नगरपालिका ५ लाई पराजित गर्दे गल्कोट नगरपालिका ७ अघिल्लो चरणमा प्रवेश गरेको हो । निसीखोला गाउँपालिका भित्रका जनप्रतिनिधि र कर्मचारी बिचको मैत्रिपूर्ण भलिबल खेलमा जनप्रतिनिधिले जित हात पार्दे पच्चिस हजार पुरस्कार रासी प्राप्त गर्न सफल भएका छन ।
वडा स्तरीय पुरुष भलिबल खेलमा निसीखोला २ लाई पराजित गर्दे निसीखोला गाउँपालिका ७ अघिल्लो चरणमा प्रवेश गरेको छ । कार्यक्रमको बैशाख ४ गते गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्नुहुने भएको देविस्थान युवा क्लबका अध्यक्ष भरत पुनले बताउनु भयो ।
आयोजित कार्यक्रमका अवसरमा एकलाख पचास हजार प्रथम पुरस्कार राशिकोवडा स्तरिय पुरुष भलिवल, महिला भलिवल, ३५ वर्ष माथि उमेर समुहको भेट्रान्स खेल प्रतियोगिता, तेक्वान्डो प्रतियोगिता, पुरुष महिला छेलो, जनप्रतिनिधि, कर्मचारी बिचको मैत्रिपूर्ण भलिबल खेल, पुरुष महिला रस्सा कस्सा लगायतका प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीय कला संस्कृतिको संरक्षण गर्न मारुनी नृत्य, आमा समुहको नृ्रत्य, दोहोरी गीत लघु उद्यमी प्रर्दशनी लगायतका कार्यक्रम तय गरिएको जनाइएको छ । देविस्थानमा परापूर्व कालदेखिनै चैत्राष्टमी मेला लाग्ने गरेको पाइन्छ । मेलाको आवश्यक तयारी पुरा भइरहको निसीखोला गाउँपालिका खेलकुद विकास समिति संयोजक राजमन बुढाले बताउनु भयो ।