चैत्र ३० गते बुर्तिबाङ
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका वडा नंं. ३ तमानमा एक लाख प्रथम पुरस्कार राशि सहितको फुटबल प्रतियोगिता हुने भएको छ ।
चैत्राष्टमीको अवसर पारेर तमानखोला गाउँपालिका फुटबल कप तथा विविध खेलकुद एवम् सांस्कृतिक कार्यक्रम हुने भएको हो । तमानखोला गाउँपालिकाको आयोजनामा तमान युवा क्लब तमानको व्यवस्थापनमा तमानखोला गाउँपालिका फुटबल कप २०८० आयोजना गरिएको तमानखोला गाउँपालिका युवा खेलकुद विकास समितिका संयोजक हिक्मत जक्तपुरीले बताउनु भयो ।
फुटबल प्रतियोगितामा प्रथम हुने समुहले एक लाख, द्विर्तीय हुनेले साठी हजार र सेमिफाइनलमा प्रवेश गर्ने समुहका निम्ति शान्तवना पुरस्कार स्वरुप दशहजार पुरस्कार रहेको जनाइको छ
आगामी बैशाख ३ देखि ८ गते सम्म हुने प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले बैसाख ६ गते प्रमुख अतिथिको रुपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रमका अवसरमा तमानखोला गाउँपालिकामा उत्पादन भएका विभिन्न उत्पादित सामाग्रीको स्टल मार्फत प्रदर्शनीमा राखिने जनाइएको छ ।
स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग गर्दे आइरहेको पालिकाले कृर्षि, लघु उद्यम मार्फत उत्पादन गरिएको विभिन्न प्रकारका कपडा, भेडाको उनबाट बनाइएका सामाग्री, चोयाबाट बनाइएका सामाग्री, घरेलु औजारका सामाग्री लगायतका बस्तु स्टलमा राखिने तमानखोला गाउँपालिका ३ का अध्यक्ष झक बहादुर बुढाले बताउनु भयो ।
वडा स्तरीय पुरुष भलिबल, खुल्ला महिला भलिबल, सादा ताराखेल, आर्चरी ताराखेल, ३५ वर्ष उमेर माथिको भेट्रान्स खेल, जनप्रतिनिधि, शिक्षक कर्मचारी बिचको बुटवल, पुरुष महिला ठेलो, पुरुष महिला रस्सा कस्सा प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने तमान युवा क्लबका मेला संयोजक गिर बहादुर घर्तीले बताउनु भयो ।